कर्णालीको विकासका लागि पर्यटन प्राथमिकतामा



प्रकाशित मिति : Jun 12, 2019
  • दानबहादुर बुढा,

मुगु । कर्णाली प्रदेशमा विकासको सम्भावना र चुनौती दुबै छन् । पर्यटन, जडिबुटी यो प्रदेशको विकासका लागि मूल स्रोत बन्न सक्ने विज्ञहरुले बताउँने गरेका छन् । यीनै क्षेत्रलाई समेटेर प्रदेश सरकारले गुरुयोजना बनाउने काम सुरु गरेको छ ।

विकासमा तुलनात्मक रुपमा पछि परेको कर्णाली प्रदेशले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर गुरुयोजना बनाउने काम अघि बढाएको छ । विज्ञहरुको समूहले प्राकृतिक सम्पदा र पर्यटन क्षेत्रको विकासका लागि १० वर्षीय गुरुयोजनामा काम थालेको छ । पर्यटन विकासका लागि पैदल मार्ग, सडक, हवाई मार्गमा ध्यान दिएको सरकारले जनाएको छ ।

गर्त बर्षबाट कर्णाली प्रदेशले पर्यटन वर्षको सुरु गरेको थियो । पर्यटन क्षेत्रबाटै प्रदेशको मुहार फेर्ने लक्ष्य सहित रारा पर्यटन वर्षको सुरु गरेको हो । अहिले रारा ताल घुम्न जानेको संख्या बढेको छ ।

राराताल स्वदेशी तथा विदेशी पर्यटकको रोजाइको थलो बन्न थालेको छ । तर खान, बस्नको उचित व्यवस्था नहुँदा समस्या रहेको त्यहाँ घुम्न जानेहरु बताउँछन् । त्यसका लागि प्रदेश सरकारले गुरुयोजनाको काम अगाडि बढाएको बताएको छ । प्रदेशमा आउने पर्यटकहरुलाई १५ दिन सम्मको प्याकेज राखेर गुरुयोजनामा कार्यक्रम समावशे गर्ने योजना सरकारले बनाएको छ ।

पहिलो चरणमा पर्यटनको विकास त्योसँगै प्राकृतिक सम्पदाको प्रचार–प्रसार प्रदेश सरकारको लक्ष्य मानिएको छ । यस्तै जडिबुटी प्रवद्र्धनमा पनि काम गर्ने सरकारले योजना अघि सारेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com