गुठी विधेयकः सरकारवालाको चासो र चिन्तमाथि मन्त्रालयको गम्भीर ध्यानआर्कषन



प्रकाशित मिति : Jun 12, 2019

काठमाडौँ । भुमि व्यवस्था सहकारी गरिब निवारण मन्त्रालयले गुठी सम्बन्धी कानून एकिकरण र शंसोधन गर्न बनेको विधेयक २०७५ माथि केही दिन यतादेखि विभिन्न सरकारवालाको विविध चासो र चिन्त प्रकट प्रति गम्भीर ध्यानआर्कषन गरेको छ ।

गुठीसम्बन्धी कानून एकिकरण र शंसोधन गर्न बनेको विधेयक सरोकारवाला गुठियारसँग छलफल नगरी ल्याइएपछि विवादित भइरहेको छ । यस विषयमा मन्त्रालयले सदियौँदेखि अभ्यास हुँदै आएको विभिन्न धार्मिक, सांस्कृति मूल्य मान्यता र परमपराको संरक्षण, सम्र्बधनको विकास गर्ने कार्यलाई सदैव उच्च प्रथामिकता राखेको बताइएको छ ।

यसै गरी हाल गुठीसम्बन्धी विभिन्न कोणबाट आएको राय,सुझाव र सल्लाहहरुलाई मन्त्रालयले सकरात्मक रुपमा लिएको विज्ञप्तीमा उल्लेख गरेको छ । सरोकारवालाहरुको चासो ,चिन्ता र सुझावको उच्च सम्मान गर्दै मन्त्रालय अगाडि बढ्ने जनाइएको छ ।

सरकारले सरकारी तथा सार्वजनिक गुठी जग्गा जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन नकुरी विधेयक ल्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com