राज्य व्यवस्था समितिद्वारा विज्ञापन रद्द गर्न दिएको निर्देशन लोकसेवा आयोगद्वारा अस्वीकार



प्रकाशित मिति : Jun 12, 2019

काठमाडौं, २९ जेष्ठ । लोक सेवा आयोगले राज्य व्यवस्था समितिको विज्ञापन रद्द गर्न दिएको निर्देशन पालना गर्न आयोग बाध्य नभएको प्रष्ट पारेको छ ।

संसदीय समितिको निर्देशनको खण्डन गर्दै आयोगले स्थानीय तहको कर्मचारी नियुक्त सम्बन्धी विज्ञापन संविधानसम्मत भएको जिकिर गर्दै निर्देशन पालना गर्न बाध्य नभएको प्रष्ट पारेको हो । आयोगका प्रवक्ता किरणराज शर्माले संविधानको परिधिभित्र रहेर आफ्नो निर्णय आफै गर्न आयोग स्वतन्त्र रहेको उहाँको तर्क छ । विज्ञापनका लागि फारम भरेका उम्मेदवार, सरकार, संसदीय समिति कसैलाई पनि अप्ठयारोमा पार्ने पक्षमा आयोग नरहेको समेत प्रवक्ता शर्माको भनाइ छ ।

यता, लोक सेवा आयोगका पूर्व कार्यवाहक अध्यक्ष टीकादत्त निरौलाले लोक सेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनलाई प्रशासनिक ‘कू’ को संज्ञा दिनु भयो । आयोगको मुख्य कामनै कर्मचारी छनौट गर्नु रहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काम उचित नभएको उहाँको तर्क थियो ।

समावेशी नभएको भन्दै सोमबार राज्य व्यवस्था समितिले सरकारलाई विज्ञापन रद्द निर्देशन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com