प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताको खेल तालिका, ट्रफी र जर्सी सार्वजनिक



प्रकाशित मिति : Jun 12, 2019

काठमाडौँ । चौथो संस्करण प्रधानमन्त्री कप महिला टि – २० क्रिकेट प्रतियोगिताको ट्रफी, खेल तालिका र जर्सी सार्वजनिक गरिएको छ् । दोस्रो पटक राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको ब्यवस्थापनको जिम्मेवारी पाएको महाकाली स्पोर्ट्स सोसाइटीले ट्रफी, जर्सी र खेल तालिका सार्वजनिक गरेको हो ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री कप महिला टि –२० प्रतियोगिताको मिति दोस्रो पटक सरेको समेत जानकारी गराएको हो ।
यसअघि जेठ २८ गते हुने भनिएको प्रतियोगिता विभिन्न प्राविधिक समस्याका कारण प्रतियोगिताको मिति सरेर असार ४ गते पुगेको समेत जानकारी गराएका छन् ।

राजधानीबाट दुर महेन्द्रनगरमा प्रतियोगिता आयोजना गर्न अत्यन्तै कठिन भएपनी प्रतियोगितालाई सब्यभब्य तरिकाले गर्न कुनै कसुर नछाड्ने महाकाली स्पोर्ट्स सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी गराउनु भएको छ् ।

राष्ट्रिय प्रतियोगिता जस्तो गरिमामय प्रतियोगिता कंचनपुरमा गर्न पाउँदा हामी अत्यन्तै खुशी भएका छौँ । साथै कंचनपुरका क्रिकेट प्रेमीहरु पनि प्रतियोगितालाई लिएर एकदमै खुशी भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका निर्देशक निरज मगरले जानकारी गराएका थिए ।

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको प्रमुख प्रायोजकका रूपमा जोडिन पाउँदा हामी अत्यन्तै हर्षित भएको मिराई एजुकेसन एण्ड भिजा सर्भिसेजका अष्ट्रेलिया प्रतिनिधि पुकार घिमिरेले बताए ।

पत्रकार सम्मेलनका दौरान राष्ट्रिय महिला टोलिकी उप कप्तान सीता राना मगर क्रिकेट प्रशिक्षक जगत टमटा, मिराई एजुकेसनका प्रतिनिधि पुकार घिमिरे, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष सैलेश कर्माचार्य र महाकाली स्पोर्ट्स सोसाइटीका अध्यक्ष सुमन भट्टले सयुक्तरूपमा जर्सी र ट्रफी सार्वजनिक गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र महाकाली स्पोर्ट्स सोसाइटीको
ब्यवस्थापनमा कंचनपुरको क्रिकेट मैदानमा प्रतियोगिता संचालन हुनेछ ।
बिगत ३ बर्षदेखि अभिभावक सस्था नेपाल क्रिकेट संघ नभएको बेला महिला प्रतियोगिताका नाममा कुनै पनि प्रतियोगिता नभईरहेका बेला राष्ट्रिय खेलकुद परिषदले महिला क्रिकेटरको स्तरलाई माथी पुर्याउन यो प्रतियोगिता आयोजना गरिदिकोमा धन्यवाद व्यक्त गर्नु भएको थियोे ।

पहिलोपटक महिला क्रिकेट कप टेलिभिजनमा आउने लाइभ आउने भएपछि महिला राष्ट्रिय टोलिकी उप कप्तानले खुशी समेत व्यक्त गर्नु भएको थिए । बर्तमान समयमा कुनै पनि महिला क्रिकेट प्रतियोगिताहरु नभैरहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिता आयोजना गर्नु खुशीको कुरा भएको राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले बताए ।

११ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलिको सहभागीता रहने छ भने प्रतियोगिताको बिजेताले ५ लाख, उपबिजेता टोलिले ३ लाख प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको वोमन अफ द सिरिजले ३० हजार, वेस्ट ब्याट्सवोमन र बलरले समान १५ हजार र वोमन अफ द म्याचले २५ सय नगत रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पनि पाउने भएका छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा अष्ट्रेलियाको मिराई एजुकेसन एण्ड भिजा सर्भेज र सपोटेर्डका रूपमा एनसेल प्राइभेट लिमिटेड रहेको आयोजकले जनाएका छन् । प्रतियोगिता आयोजना गर्न ८८ लाख रुपैयाँ लाग्ने महाकाली स्पोर्ट्स सोसाइटीका अध्यक्ष सुमन भट्टले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

प्रतियोगितामा सहभागी ८ टोलीहरुलाई दुई समुहमा विभाजन गरिएको छ । समूह ए मा विभागित टोली शसस्त्र प्रहरी बलको एपीएफ, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ रहेको छ त्यस्तै समूह बिमा प्रदेश १, २, प्रदेश ३, र कर्णाली प्रदेश रहेका छन् । प्रतियोगिताको पहिलो उद्घाटन खेल सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशकाबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com