चौफेरीमा आगलागी हुँदा एक जना घाइते,३९ घर जलेर नष्ट



प्रकाशित मिति : Jun 12, 2019
  • भगतराम थारु

नेपालगन्ज, २८ जेठ । हावाहुरी र चट्याङगले बाँकेका छुट्टाछुट्टै स्थानमा बुधबार आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख अरुण पौडेलका अनुसार डुडुवा गाउपालिका–१ छोटी चौफेरीमा हावाहुरीसंँगै परेको चट्टयाङगका कारण आगलागी हुँदा ३९ घरधुरी जलेर नष्ट हुनुका साथै एकजना स्थानीयबासी र एक चौपाया जलेर घाइते भएका छन् ।

घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । चट्टयाङग स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ ।

यसैगरी सोही समयमा बाँके खजुरा गाउपालिका वडा नं। ६ सिमलघारीमा स्थानीय गोरख विकको घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडा जलेर नष्ट भएको छ । स्थानीय, प्रहरी र नेपालगञ्ज उप–महानगरको दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको थियो । चौफेरीमा हरेक बर्ष झै आगलागी हुने गरेको स्थानियहरु बताउछन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com