आफ्नै देशको चिजलाई नचिन्दा अझै पनि नेपालीहरु विदेशी चिजमा नै रमाउँदै (भिडियो)



प्रकाशित मिति : Jun 12, 2019

१.पानीको अभावले तड्पिएका पोखरावासीका लागि अब हर्षको वर्षा सुरु हुँदै

जलस्रोतको अपार भण्डार मानिएको नेपालका नागरिक जहाँ पनि र जहिले पनि खानेपानीको अभावले तड्पिदै आएका छन् । सयौं नदीहरु सुसाई रहने यो मुलुकमा धेरैले त्यही नदीको पानीले जीवन निर्वाह गर्दै आए पनि भएका पानीको श्रोतहरुको सही सदुपयोग हुन नसक्दा धेरै नेपालीले काकाकुलको अवस्था भोग्दै आउनु परेको छ ।

चाहे त्यो संघीय राजधानी काठमाडौं होस् या गण्डकी प्रदेशको राजधानी पोखरा नै किन नहोस् । तालै तालको शहरकोरुपमा ख्याति कमाएको पोखरावासी बर्षौदेखि खानेपानीको अभावमा तड्पिदै आएका छन् । तर अब पोखरा महानगरपालिका भित्र रहेका ४ लाख नगरवासीले पानीको अभावबाट मुक्ति पाउने भएका छन् । जापानी सहयोग नियोग जाइकाको सहयोगमा पोखरामा पानीको छेलोखेलो हुन अवस्था नजिकिदो छ । बधाई छ पोखरावासीलाई एउटा कष्टबाट मुक्ति पाउने भएकोमा ।

२.आफ्नै देशको चिजलाई नचिन्दा अझै पनि नेपालीहरु विदेशी चिजमा नै रमाउँदै
आत्मनिर्भरता तर्फ उन्मुख नेपालका लागि अहिले हरेक स्थानमा नागरिकहरुले आआफ्नो ठाउँबाट सकेको गर्न थालेका छन् । लगभग हरेक वस्तुमा परनिर्भरता बढेको अवस्थामा आत्मनिर्भरताको उपाय देश भित्र खोज्ने क्रम तीब्र बनेको छ । चाहे त्यो मासुजन्य पदार्थमा होस् या दूग्धजन्य पदार्थमा होस् । या खाद्यान्नमा नै किन नहोस् ।

दूग्धजन्य पदार्थमा नेपालमा सुरु भएको अभियान लोभलाग्दो छ । हिमाल, पहाडदेखि तराईसम्म गाई तथा भैसीपालनमा देखिएको उत्साहले नेपाललाई दूग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने दिन टाढा देखिदैन । तर समस्या बजारको नै देखिएको छ । यसैको उदाहरण बनेको म्याग्दीमा उत्पादित गुणस्तरीय चिज । नेपालमा गुणस्तरीय चिज उत्पादन हुन थालेको धेरै बर्ष वितेपनि आफ्नो चिजलाई नचिन्दा अझै पनि विदेशी चिजले नै बजार ओगटिरहेका छन् ।

३.स्थानीय तहहरु महिलाहरुको आयआर्जनमा ध्यान दिन थालेपछि महिलाहरुमा आत्मनिर्भरता बढ्दै

स्थानीय तहले आफ्नो जिम्मेवारी र दायित्व बोध गर्दा अहिले धेरै गाउँघरहरुका मुहार फेरिन थालेका छन् । त्यसमाथि काम नपाएर गफ गरेरै दिन विताउने गृहणीहरुलाई पनि लक्षित गरेर काम थालेपछि गाउँघरमा महिलाहरु सक्रिय बन्न थालेका छन् । महिलाहरुको सक्रियता सोझै घरको आयआर्जनमा जोडिन पुग्छ, जस्ले घर मात्र नभई आफ्नो गाउँघरलाई पनि आर्थिकरुपमा सबल बनाउन सफल हुन्छ ।

अहिले तनहुँका स्थानीय तहले महिलाहरुलाई आत्मनिर्भर बनाउन थालेको अभियानले सार्थकता पाउने लक्षण देखिदा गाउँघरहरु आर्थिकरुपमा सम्पन्न हुने सम्भवना चुँलिन थालेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com