प्रधानसेनापति थापा असारको पहिलो साता चीन जाँदै



प्रकाशित मिति : Jun 12, 2019

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा असारको पहिलो साता चीन जाने भएका छन् । चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका हुन् ।

छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्न लागेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयाे । १ देखि १ गतेसम्मको उक्त भ्रमणका क्रममा प्रधानसेनापति थापा छेन्दु हुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र चासोको विषयमा विचार विमर्श गर्ने कार्यक्रम तय भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com