टिपरको ठक्करबाट एक पत्रकारको घटना स्थलमै मृत्यु



प्रकाशित मिति : Jun 12, 2019

काठमाडौं । टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक पत्रकारको घटना स्थलमै ज्यान गएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका – ७ लोदेस्थित बा५ख १६८३ नम्बरको टिपरले ठक्कर दिदा पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको बताइएको छ ।

उनको शव मेहेल्कुना अस्पतालमा राखिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्कर दिएका टिपर चालक फरार भएको छ ।

फरार रहेका टिपर चालकको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । गेलाङ नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सहसचिवसमेत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com