कांग्रेस नेता प्रकाशमान सिंहको प्रश्न : गुठीसम्बन्धी विधेयक कस्को लागि र किन ल्याइएको हो ?



प्रकाशित मिति : Jun 12, 2019

काठमाडौं । चौतफी रुपमा आलोचना भईरहेको गुठीसम्बन्त्री विधेयक फिर्ता लिन नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको प्रतिनिधि सभाका बैठकमा बोल्दै कांग्रेसका सांसद प्रकाशमान सिंहले सो विधेयक फिर्ता लिन माग गर्नुभएको हो ।

सांसद सिंहले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिई सरोकारवाला निकायसित छलफल गरी परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको हो। संसदमा सभामुख कृष्णबहादुर महरासित समय लिई संस्कार संस्कृतिको रक्षाको लागि विशेष योगदान पुर्याएको गुठी विधेयकलाई प्राधिकरण सञ्चालन गर्न खोज्नु आपत्तिजनक रहेको भन्दै विधेयक फिर्ता लिन माग गर्नुभएकाे हो ।

निजी गुठीलाई सार्वजनिक गुठीमा लगेर अहिलेको प्राधिकरण मार्फत नियन्त्रण गर्ने स्वार्थ राखिएको र यस विषयमा देशभर सबैको चिन्ताको विषय बनेको भन्दै यो विधेयक कस्को र किन ल्याइएको हो ? भन्दै प्रश्न सोध्नु भएको छ । हजारौँ वर्षदेखी सञ्चालनमा आएको गुठीलाई व्यवस्थित पार्ने भन्दै निजिगुठीलाई सरकारको प्राधिकारण मार्फत निजी सम्पत्ति राख्न पाउने अधिकारलाई घुमाउरो पाराले आक्रमण गर्न खोजियो। धार्मिक स्वतन्त्रता विपरीत भएको आरोप लगाउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com