ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. २ को केन्द्रमा विवाद



प्रकाशित मिति : Jun 12, 2019
  • रामहरि श्रेष्ठ

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाको एउटा वडा कार्यालयको केन्द्र नहुँदा सेवाग्राही मर्कामा परेका छन् । स्थानीयको विवादका कारण वडा नम्बर २ कार्यालय केन्द्र विहिन बनेको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका २ स्थित वडा कार्यलयको केन्द्र राख्ने बिषयको बिदले सेवा प्रभाबित हुने गरेको छ । स्थानीयबीच केन्द्र कहाँ राख्ने भन्नेमा सहमति नजुट्दा सेवा प्रभाबित भएको वडा कार्यलयले जनाएको छ ।

वडा नम्बर दुईको रामपुर, लामीडाँडा र ढुस्केका स्थानीयबीच आफूलाई पायक पर्नेस्थानमा केन्द्र राख्नुपर्ने अडान रहेपछि केन्द्र नटुंगिएको बताइएको छ । रामपुर, लामीडाँडा र ढुस्के तीन वटै गाउँलाई पायक पर्ने मध्यस्थान नभएको वडा कार्यालयले जनाएको छ । जसका कारण झोलामा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

विवादका कारण कार्यालयको काम रामपुर र देउरालीबाट सञ्चालन भइरहेको छ । रामपुरमा सम्पर्क कार्यालय भनिएको छ । कार्यालयभित्र वडा अध्यक्षको चेम्बर नै छैन । स्थानीयले भने स्थानीयतहको संरचनामा त्रुटी भएको आरोप लगाएका छन् ।

वडा अध्यक्ष टंकबहादुर कार्कीले भने केन्द्र राख्ने बिषयमा कुनै बिवाद नरहेको दाबी गर्नुभएको छ । उहाँले दुबै क्षेत्रबाट सेवा दिने हिसावले दुई स्थानमा कार्यालय स्थापना गरेको दाबी गर्नुभयो ।

भौैगोल हिसावलाई मुल्याकन गरेर मात्र केन्द्र निर्धारण गर्नुपर्ने स्थानीयले बताउँदै आएका छन् । उनीहरुले सबैलाई पायक पर्ने गरेर केन्द्र स्थापना गर्न संरचना बनाइनुपर्र्ने माग गरेका छन् । मोलुङमा जस्तै अन्य स्थानीय तहमा पनि यसखाले समस्या रहँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com