फोरम र नयाँ शक्तिको एकताले नयाँ उर्जा प्राप्त : राजेन्द्रप्रसाद श्रेष्ठ, सहअध्यक्ष, समाजवादी पार्टी



प्रकाशित मिति : Jun 12, 2019

काठमाडौं । पार्टी एकीकरणपछि समाजबादी पार्टीका नेता तथा कार्यकर्ताहरुमा असारे चटारो लागेको छ । यस असारे चटारो पार्टी एकीकरणको सन्देश रहेको समाजबादी पार्टी नेपालका सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको भनाइ छ । न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘इस्यु अफ द डे’मा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुराकानीगर्दै सह–अध्यक्षश्रेष्ठले भन्नुभयो, ‘यस पार्टी एकीकरणको सन्देशलाई सबै भन्दा पहिले त जनताको बीचमापनि लानुप-यो । साथै आफ्नो कार्यकर्ताहरु माझ अभिमुखीकरण पनि गर्नुप-यो ।’

उहाँले थप्नुभयो, ‘जनताको बीचमा सन्देश र कार्यकर्ताको बीचमा बैचारिक तथा राजनीतिक प्रशिक्षण यी दुवै कार्यलाईसंगसंगै लैजाने हिसाबले हामीले देशव्यापीरुपमा प्रमुख शहरहरुमा कार्यक्रम गरेकाछौं । अब विस्तारै अन्य जिल्लाहरुमा पनि अभिमुखीकरण कार्यक्रम र जनतालाई सन्देश दिने कार्यक्रम गर्नेछौं ।’

जिल्ला–जिल्लाका आफ्ना भातृ संगठनहरुलाई पनि एकीकृत गर्दै अभिमुखीकरण कार्यक्रमहरु गर्दै लैजाने उहाँको भनाइ छ । ‘अहिलेको समयमा यस्तो अवस्था सिर्जना भएको छ,कि विगतमा के थियो भने कुनै पनि पार्टी विकल्पमा आएन । तर,प्रयास नभएको भने होइन । हामीले संघीय समाजबादी फोरम नेपाल गठन गर्दा पनि एउटा नयाँ विकल्प दिउँ भनेर सक्रियताका साथनै लागेका थियौं । तर हामीले जनतालाई‘विकल्प’हो भन्ने आभाष दिन सकेनौं’ उहाँले भन्नुभयो ।

अर्को तर्फ नयाँ शक्ति पार्टी नेपालले पनि वास्तवमा नयाँ ढंगले आउँछौं भनेर गरेको तर,पनि आफ्नो अस्तित्वका लागि लडाई लडेको जस्तो स्थिति उत्पन्न भएको सह–अध्यक्ष श्रेष्ठको ठहर छ । यसैबीच उहाँले भन्नुभयो, ‘वास्तवमै कांग्रेसको विकल्प कम्युनिष्ट र कम्युनिष्टको विकल्प कांग्रेस, वर्षौंदेखि यी दुई धारका राजनीतिक पार्टीमात्र देखिएको थियो । तर,अब हाम्रो एकताले नयाँ उर्जा प्राप्त गरेको छ ।’

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com