सञ्चारकर्मी शान्तिराज फिचर्ड ममता राईको ‘बाटो त तिम्ले फेरेउ’ रिलिज (भिडियो)



प्रकाशित मिति : Jun 12, 2019

काठमाडौं । अमेरिकामा रहँदै आएकी गीतकार ममता राईको नयाँ गीत रिलिज गरिएकोे छ । राजेन्द्र राईको आवाजमा ‘बाटो त तिम्ले फेरेउ’ गितको म्युजिक भिडियो युट्युव मार्फत रिलिज गरिएको हो । रिलिज गरिएको गीतमा दीप घतानीको सङ्गीत तथा फनिन्द्र राईको संगीत संयोजनमा रहेको छ ।

इन्द्र जिजिविशाको निर्देशनमा बनेको यस गीतको भिडियोमा शान्तिराज राई, सीता राई, सुहाङ लिम्बू, नुमा राई फिचर्ड छन् । सञ्चारकर्मी तथा व्यवसायीको रुपमा परिचित शान्तिराज राईले यसै गीत मार्फत मोडलिङमा पनि डेब्यु गरेका हुन् । गीतको भिडियोलाई विनोद राई वान्तावाले छायाङकन गरेका हुन्, भने अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।

को हुन् गीतकार ममता राई ?

केही वर्षदेखि अमेरिकाको न्युयोर्क सिटीमा रहँदै आएकी ममता राई पेशाले ब्युटिसियन हुन् । साथै उनी समाजसेवी तथा मोडलको रुपमा समेत परिचित छन् । आफ्नै शब्दमा दर्जनौं गीतहरु रेकर्ड गराइसकेकी ममता राई ‘जनहित फाउण्डेशन’की सञ्चालिका पनि हुन् ।

राईको यस फाउन्डेशनले प्रत्येक बर्ष सोलुखुम्बुका गरिब तथा जेहेन्दार ३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com