नागरिकता सिफारिस दस्तुर हटाउदैँ मधुवन नगरपालिका



प्रकाशित मिति : Jun 12, 2019
  • ज्योति कुमार पन्थि

गुलिरया । बर्दिया जिल्लाको मधुवन नगरपालिकाले नागरिकता सिफारिस गरे बापत लिदैँ आएको दस्तुर हटाउने भएको छ । भौतिक बिकास संगै शिक्षालाई पनि सुधार गर्नु पर्छ भन्ने मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रि कृष्णले सिफारिस दस्तुर हटाउने निर्णय गर्नुभएको हो ।

मेयरको रुपमा उहाँले गर्दै आउनुभएको काममा नगरपालिकाका ९ वटा वडाका वडाध्यक्षहरूले समेत सहयोग गर्दै आएका छन् र एक पछि अर्कौ जनहितमा काम गर्दै आएका मधुवन नगरपालिकाले आगामी आर्थिक बर्ष ०७६/०७७ देखि मधुवन नगरपालिका र सवै वडाहरूमा नागरिकता बनाउदा लाग्ने सिफारिस दस्तुर हटाउने भएको छ ।

मधुवन नगरपालिकाले नगरबासीहरूलाई नागरिकता बनाउनका लागि लिईने गरेको सिफारिस दस्तुर हटाउने भए संगै नगरबासीहरू समेत उत्साहित भएका छन्। नगरपालिकामा बसोबास गर्ने नगरबासीहरको नागरिकता दस्तुर हटाउने सहमति वडाहरूसंग भई सकेको र आगामि नगरसभामा यसलाई प्रस्तुत गरी निर्णय गर्ने तयारी भएको मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्रि कृष्णले बताउनु भयो ।

उहाँले भन्नुभयो, नागरिकता सरकारले बितरण गर्ने हो त्यसमा पनि हामीले नागरिकता शुल्क लिनु गलत छ त्यसैले नागरिकता दस्तुर आगामी आर्थिक बर्षको साउन महिना देखि हटाउने भएका छौँ । मधुवन नगरपालिकाले यस अघि नयाँ नागरिकताको सिफारिस शुल्क १ सय र प्रतिलिपि सिफारिस २ सय लिदै अआएको थियो । नगरपालिकाले नागरिकता सिफारिस शुल्क हटाएर नगरबासीलाई करको भार समेत घटाएको मधुवन नगरपालिकाका स्थानीय बासिन्दा रामबाबु घिमिरेले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com