कांग्रेस सचेतक भुसालको प्रश्न : पाँच दिन प्रधानमन्त्री कार्यालय कसले चलायो ?



प्रकाशित मिति : Jun 12, 2019

काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा गएपछि पाँच दिन प्रधानमन्त्री कार्यालय कसले चलायो भन्ने प्रश्न गरेका छन् ।

वुधबार बसेको प्रतिनिधिसभा बैठकमा ने पाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री यूरोप जाँदै गर्दा कार्यभार दिने भन्ने पत्र संसदमा पाँच दिनपछि मात्र प्राप्त भएकोले त्यसबीचमा प्रधानमन्त्री कार्यालय कसले चलाईरहेको थियो भन्दै प्रश्न गर्नुभएको छ ।

‘प्रधानमन्त्री ज्यू युरोप जाँदै गर्दा उहाँले कार्यभार दिने भन्ने पत्र पाँच दिनपछि बुधबार सदनमा प्राप्त भएको छ’ त्यस अवधिममा प्रधानमन्त्री कार्यालय कस्ले चलाएको छ ? उहाँले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com