विधेयकहरु पूर्ण तयारी विना ल्याइएकोले परिमार्जन गरेर पारित गरिने: नेकपा अध्यक्ष प्रचण्ड



प्रकाशित मिति : Jun 12, 2019
  • सुरेन कुँवर

चितवन जेठ २९ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पुरानै भएको बताउनुभएको छ ।

बुधबार प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्तरुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले पुनः सहमति स्मरण गराउनु भएको हो । ‘पार्टी पुरानै सहमतिमा अघि बढिरहेको छ’, उहाँले भन्नुभयो,‘ पत्रकारहरुले यो प्रश्न सोधिरहनु पर्दैन् । यो कुनै नौलो विषय होईन ।’

अध्यक्ष प्रचण्डले विधेयकहरु पूर्ण तयारी विना ल्याइएको देखिएकोले परिमार्जनसंगै पारित हुने बताउनुभयो ।

फाइल तस्बीर

जुन गृहकार्य भएर विद्ययक आउनुपर्ने थियो,त्यो नभएको देखियो प्रचण्डले भन्नुभयो,केही कमी रहेको देखियो त्यसमा सरकार र पार्टी सतर्क भएको छ । आगामी दिनमा यस्ता गृहकार्यलाई प्रयाप्त छलफल गरेर सहमती ल्याउनेतर्फ अघि बढिने उहाँको भनाई छ ।

गुठी, सञ्चार लगायतका विधेयकहरु ल्याउदा सम्वन्धित क्षेत्रका विशेषज्ञहरुसंग सुझाव लिनुपर्ने उहाँको धारणा छ । केही नमिलेका विषय भए प्रधानमन्त्री फर्किए लगत्तै सरसल्लाहमा गर्न सकिने उहाको भनाई छ ।

अध्यक्ष प्रचण्डले छिट्टैनै पार्टी एकतालाई तल्लो तहसम्म टुंड्ग्याउने गरी काम अगाडि वढिरहेकोले प्रधानमन्त्री विदेश भ्रमणबाट फर्के लगत्तै प्याकेजमै घोषणा गर्ने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com