गौतमबुद्ध क्रिकेट रंगशाला बनाउँन सरकारले सहयोग गर्छ : प्रचण्ड



प्रकाशित मिति : Jun 12, 2019

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निमार्णका लागि सरकारले सहयोग गर्ने बताउनु भएकोछ । चन्दा संकलन गरेर मात्रै रंगशाला बन्न नसक्नेतिर संकत गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले चितवनमा निमार्ण थालिएको सो रंगशालाको निमार्ण पुरा गर्न सरकाले सहयोग गर्ने बताउनुभएको हो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले चितवन जिल्ला र समग्र देशकै गौरवको आयोजना रहेको क्रिकेट रंगशाला निमार्णको कामका लागि सरकारले आवश्यक सहयोगका लागि प्रोत्साहन स्वरुप बजेट विनियोजन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ठूला योजनाका काममा सामान्य समस्या एवं विवाद आइरहन्छन्, विवाद समाधान भइसकेको छ, अब सहमति बमोजिम नै कामहरु अगाडि बढ्नेछन्, । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण थालेको यो रंगशाला निमार्णका लागि देश-विदेशमा रहेको नेपालीहरुबाट समेत सहयोगको अपेक्षा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com