विश्वकप महिला फुटबल : थाइल्याण्डको पोस्टमा अमेरिकाकाे १३ गोल !



प्रकाशित मिति : Jun 12, 2019
Image result for Women’s World Cup U.S. routs Thailand 13-0

एजेन्सी । ४/५/६ गोलान्तरले पराजित गर्नु सामान्य क्रममा देखिँदै आएपनि गएराति भएकाे खेलमा थाइल्याण्डलाइ अमेरिकाले ० काे बिरूद्ध १३ गोलले पराजित गरेकाे छ । विश्वकप फुटबल अन्तर्गतको गएराित भएकाे खेलमा अमेरिकाले थाइल्याण्डलाई १३-० ले पराजित गरेको हाे । इतिहासमै फराकिलो गोल अन्तरको जित दर्ता गर्दै फ्रान्समा जारी विश्वकप फुटबलको समूह एफमा रहेको अमेरिकाले मंगलबार राति रोमाञ्चक जित निकालेको हो ।

पहिलो हाफमा तीन गोल मात्रै गरे पनि दोस्रो हाफमा १० गोल गर्दासम्म अमेरिकाले एउटा पनि फर्काउन सकेन । जितमा एलेक्स मोर्गनले सबै भन्दा बढि ५ गोल गरिन् ।

Image result for Women’s World Cup U.S. routs Thailand 13-0

खेलको १२ औँ मिनेटमा एलेक्स मोर्गनले गोल गरिन् । उनले बाँकी चार गोल ५३, ७४, ८१ र ८७ औँ मिनेटमा गरेकी हुन् । त्यस्तै रोज लावेली र सामन्था मेविसले दुई दुई गोल गरे । रोजले २० र ५६ औँ तथा सामन्थाले ५० र ५४ औँ मिनेटमा गोल गरेका हुन् ।

साबिकको विजेता अमेरिका लिन्डसी होरनले ३२ औँ, मेगन रापिनोइले ७९ औँ, मालोरी पुग्घले ८४ औँ तथा कार्ली लोयडले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै अमेरिकालाई फराकिलो गोलान्तरले पारजित गरेको हो ।

Image result for Women’s World Cup U.S. routs Thailand 13-0

अमेरिकाले यसअघि विश्वकपमा सन् १९९१ मा चाइनिज ताइपेइलाई ७ – ० ले पराजित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com