अर्को सफलता- लिवियामा बन्धक ४ नेपालीको उद्धार, कर्मचारी भर्ना विवादमा अडानसहित मन्त्री पण्डीत लाइभ (भिडियो)



प्रकाशित मिति : Jun 11, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३९० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ, भने विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. लोकसेवा आयोग– समितिद्वारा विज्ञापन तत्काल रद्ध गर्न निर्देशन, ७३ हजार युवा अन्यौलमा

काठमाडौं । लोकसेवा आयोगले ५ सय ५१ स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारीको माग गर्दै गरेको विज्ञापन संसदको राज्य व्यवस्था समितिले खारेज गर्न निर्देशन दिएको छ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदहरुमा खुल्ला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ती गर्न भन्दै आवेदन खोलेको थियो । तर लोकसेवा आयोगको यो कदम संविधानको मर्म र भावना अनुरुप नभएको भन्दै समितिले सोमबार विज्ञापन तत्काल रद्ध गर्न निर्देशन दियो ।

२. भागिरथलाई सास मात्रै बोकेर नेपाल आउन समेत सहज भएन

काठमाडौं । कुवेतमा दुर्घटनापछि ब्रेन ह्यामरेजका कारण अर्धचेत अवस्थामा रहेका नवलपरासी सुस्ताका भागिरथ चापागाँईलाई नेपाल फर्काउन ढिलासुस्ती भएको छ । कुवेतको अलअदान अस्पतालको शैयामा नेपाल फर्किने आशामा रहेका उनका बिषयमा हामीले यस अघि रिपोर्ट प्रशारण गरेका थियौं । उनलाई विमानमा पनि बिषेश रेखदेखका साथ ल्याउनुपर्ने भएकोले केही खर्चिले हुने भएपछि आर्थिक संकलन अभियाननै चलेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com