प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री टेरेजा मेबीच डाउनिङ स्ट्रिटमा भेटवार्ता



प्रकाशित मिति : Jun 11, 2019

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री टेरेजा मेबीच भेटवार्ता भएको छ । विगत १७ वर्षयता नेपालका कुनै पनि राष्ट्र प्रमुख बेलयात भ्रमणामा निस्कनुभएकाे थिएन । लामाे समयवधि पश्चात बेलायत पुग्नुभएका नेपालका प्रधानमन्त्रीले मंगलबार साँझ समकक्षीसँग डाउनिङ स्ट्रिटमा भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले बेलायती सांसदको समूहलाई सम्बोधन समेत गर्नुभएको थियो । द्वीपक्षीय छलफलमा व्यापार, लगानी, भूतपूर्व गोर्खा सैनिकहरूका गुनासा लगायतका विषयमा छलफल भएको थियो । यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग पनि भेटबार्ता गर्नुभएको थियो ।

यसअघि, मंगलबार बेलायतस्थित नेपाली दुतावासमा प्रधानमन्त्री ओलीलाई गैरआवासीय नेपाली संघ, बेलायतद्वारा अभिनन्दन गरिएको थियो । साथ लण्डन–काठमाडौं सीधा हवाई सेवा सञ्चालन गर्न समेत उनीहरुले प्रधानमन्त्रीसँग माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com