‘जाम्न माया जाम’ भन्दै पुष्प र साम्राज्ञी यसरी नाचे



प्रकाशित मिति : Jun 11, 2019

काठमाडौँ । फिल्म ‘मारुनी’ को गीत ‘जाम्न माया जाम’ रिलिज गरिएको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड् स्टारर यो गीतको भिडियो मंगलबार सार्वजनिक भएको हो ।

दिपक बज्राचार्यको संगीत तथा स्वर रहेको गीतलाई कोरियोग्राफी भने प्रविण सिंहले गरेका छन् । यो गीतको शब्द रिक्की शाक्यले लेखेका हुन् । नवल नेपालको निर्देशन रहेको फिल्म ‘मारुनी’ को निर्माण पुनम गौतम क्षेत्रीले गरेकी छन् । फिल्मको कथा निर्देशक नेपाल र गोविन्द्र फुयालले तयार पारेका हुन् ।फिल्मलाई संजय लामाले छायांकन गरेका छन्, भने मित्र डि। गुरुङले सम्पादन गरेका हुन् ।

पुष्प र साम्राज्ञीको साथमा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै लगायत कलाकारको अभिनय रहेको यो फिल्म भदौ १३ गते देखि प्रदर्शन हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com