नेप्सेमा झिनो अंकको वृद्धि



प्रकाशित मिति : Jun 11, 2019

काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुन्य दशमलव १७ अंकले बढेर १ हजार २ सय ७५ दशमलव ९९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७४ कम्पनीको १५ लाख ९ हजार ८८५ कित्ता शेयर खरिदबिक्री भई ४८ करोड ८ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ४० अंकले बढेर २ सय ७२ दशलमव ८६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार ४ करोड ३ लाख ७८ हजार रुपैयाँ बराबरको भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com