इटहरी उपमहानगरद्वारा बालगायक आचार्यलाई ‘बाल सद्भावना दुत’ घोषणा



प्रकाशित मिति : Jun 11, 2019

इटहरी । इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आचार्यलाई बाल सद्भावना दुत घोषणा गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले बाल सद्भावना दुत घोषणा गरिएको पत्र प्रदान गर्नुभयो ।

प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गर्नुभयो । कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिनुभयो ।

उहाँले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको वताउनुभयो । प्रमुख प्रशासकीय अघिकृत केशब विमलीले प्रितमको प्रगतिको कामना गर्नुभयो । बालगायक प्रितम आर्चायले आफू यो अवस्था सम्म आइपुग्न इटहरी उपमहानगरले पुरयाएको सर्पोट र मायाप्रति धन्यवाद दिनुभयो ।

सयअघि भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा प्रदान र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाई गर्नुभएको थियो ।

प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटी शो सारेगम लिटिल च्याम्समा तेश्रो भएर हिजो इटहरी फर्किनुभएको हो । प्रितमले बालसद्भावना दुत घोषणा कार्यक्रममा ‘देशले रगत मागे मलाई बली चढाउ’ बोलको चर्चित गीत गाउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com