भारतको गोवामा रहेको कुर्डी गाउँ ११ महिना पानीमुनि



प्रकाशित मिति : Jun 10, 2019

एजेन्सी । भारतको पश्चिमी राज्य गोवामा एउटा अनौठो गाउँ छ, मानवरहित गाउँ वर्षको ११ महिना पानीमुनि रहन्छ र एक महिना मात्र देखा पर्दछ । भारतको पश्चिमी राज्य गोवामा दुईवटा पहाडबीचमा अवस्थित कुर्डी गाउँ प्रत्येक वर्ष एक महिना मात्र देखा पर्छ र बाँकी समय पानीमा डुब्छ ।

कुनै समय यो दक्षिणपूर्वी गोवाको एउटा जीवन्त गाउँ थियो । तर, सन् १९८६ मा यसको अस्तित्व मेटियो । यहाँ बनेको बाँधका कारण कुर्डी पूर्ण रूपमा डुब्न पुग्यो । तर प्रत्येक वर्ष मे महिनामा पानीको सतह घट्दै जाँदा गाउँको भग्नावशेष देखिन्छ । त्यसताका यहाँ झन्डै तीन हजार जनसङ्ख्या रहेको थियो ।

यो गाउँका स्थानिय पानीको सतह घटेपछि आफ्नो पुरानो वासस्थानको अवलोकन गर्न जान्छन् । कुर्डीसँग भावनात्मक रूपमा जोडिएका यहाँका बासिन्दा आफ्नो थलो सम्झिँदै छोटो समयको लागि भएपनि यहाँ फर्किने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com