उद्योग दर्ताका लागि बनाइएका एकल विन्दू सेवा केन्द्रबाट हुँदैन काम



प्रकाशित मिति : Jun 10, 2019

काठमाडौँ । उद्योग दर्ताका लागि सरकारले बनाएको एकलविन्दू सेवा केन्द्रले काम गर्न सकेको छैन । १९ भन्दा बढी ठाउँमा धाउनुपर्ने बाध्यता हटाउन भन्दै जेठ एक गतेबाट केन्द्र सञ्चालनमा आएको घोषणा गरिएको थियो । तर, २७ दिन वित्दा समेत काम हुन सकेको छैन ।

सरकारले जेठ १ गते स्थापना गरेको एकलविन्दु सेवा केन्द्रमा ४१ जना कर्मचारीको दरबन्दी रहेको छ । तर सेवाकेन्द्रमा अहिले ८ जनाले मात्र काम गर्छन् । उद्योग विभागको परिसरमा रहेको सेवा केन्द्र खालि जस्तै छ ।

कर्मचारी भर्ना भएको छैन भने सेवाकेन्द्रले उद्योग स्थापना गर्न गर्नुपर्ने सबैकामको अख्तियारी समेत पाएको छैन् । कार्यालयमा ९ वटा इकाई छन् । तर अहिले चार वटा इकाइमा मात्र कर्मचारी छन् । लगानीकर्ता सबैभन्दा पहिला दर्ता चलानी सोधपुछ कक्षमा जानु पर्छ तर त्यहाँ कर्मचारी छैनन् ।

भएका कर्मचारी पनि सहजिकरण गर्ने भन्दै यताउति गरिरहन्छन् । जसले गर्दा उद्योगीहरुले झन दुख पाइरहेका छन् । उद्योग विभागले भने इकाइमा रहेका उपसचिव तहका कर्मचारीलाई लगानी स्वीकृत तथा उद्योग दर्ता गर्न अधिकार प्रत्यायोजन गर्ने सम्बन्धमा मन्त्रालयमा पत्राचार गरेको बताउँछ ।

पूर्ण अटोमेशन सहित सेवा केन्द्र स्थापना गरिएको बताइएपनि अहिले सम्म डाटा सेन्टर समेत बन्न सकेको छैन् । कतिपय प्राविधिक विषयहरु, नीतिगत विषयहरु समेत नमिलेको लगानीकर्ताको गुनासो छ । सरकारले सेवाकेन्द्रको भवन निर्माण भएपछि अन्य विषय नमिलाइकन हतारमा सेवाकेन्द्रको उद्घाटन गर्दा अहिले उद्योगीहरुले उद्योग दर्ता गर्न झन ठुलो झन्झट व्योहोर्नु परेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com