कुनै समय २२ हजार बढी रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल अहिले ९ हजार रोपनीमा खुम्चियो (भिडियो)



प्रकाशित मिति : Jun 08, 2019

१.कुनै समय २२ हजार बढी रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल अहिले ९ हजार रोपनीमा खुम्चियो

पोखराको प्राण हो फेवाताल । हुनत फेवाताललाई पोखराको प्राण भन्दा अन्य सम्पदामाथि अन्याय होला । तर पोखरा र फेवाताल पर्याय झै बनेर चर्चामा आउने गरेकोले पनि फेवाताल पोखरा पुग्नेहरुका लागि प्रिय बन्दै आएको छ । निश्छल बनेर शान्तसंग सुतिरहने फेवाताले आफ्नो वक्षस्थलमा समयसमयमा माछापुच्छ्रे्रलाई सजाउँदा यो अझ लोभलाग्दो देखिने गर्छ । तर यही फेवाताल अतिक्रमणको शिकार बनेर खुम्चदै गर्दा अब यस्को अस्तित्वमाथि नै प्रश्न उठन थालेको छ ।

कुनै समय २२ हजार बढी रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल अहिले ९ हजार भन्दा कम रोपनी क्षेत्रफलमा खुम्चिन विवश छ । फेवाताल अतिक्रमण गरेर व्यवसायिक संरचना बनाउने क्रम तीब बन्दा सर्वोच्च अदालतले समेत फेवा बचाऊको पक्षमा आदेश जारी ग¥यो । अहिले पोखरा महानगरपालिका पनि अतिक्रमण हटाएर फेवाताल फैल्याउने अभियानमा कस्सिएर लागेको छ । महानगरको यो अभियान सफल हुनुपर्छ , पोखरामा गुञ्जिएको यो आवाज अहिले पोखरामात्र सीमित छैन यस्ले पोखरा अझ कास्कीको भूगोल नाघेर देश भर गुञ्जन थालेको छ ।

२.पोखरेलीको शारीरिक अभ्यासप्रतिको रुचीलाई पूरा गर्न महानगर व्यायामशाला बनाउन कस्सियो

अस्पताल खोल्ने तिर नलाग बरु एउटा राम्रो व्यायामशाला या रंगशाला बनाइदेऊ । एक समय युरोप तिर उठेको यो वहस अहिले संसारभर फैलिएको छ । रोग लागेर अस्पताल पुग्नु भन्दा रोग लाग्न नदिन मानिसलाई शारीरिक अभ्यास गर्नका लागि व्यायामशाला र रंगशाला बनाउनु पर्ने तर्कले राम्रो स्थान पायो पनि । अहिले पोखरामा पनि यो अभ्यास सुरु भएको छ । खाली स्थानमा व्यायामशाला र अभ्यास गर्ने मैदान बनाइनु पर्ने आवाज उठेपछि महानगरले महानगरवासीको मागको सम्बोधन गर्न व्यायामशाला बनाउन थालेको छ ।

३.पोखरा महानगरपालिकाको वडा नम्बर ३० पनि स्मार्ट बन्ने अभियानमा होमियो

पोखरा महानगरपालिका हरेक वडामा अहिले विकास निर्माणको कार्य तीब्र गतिमा भइरहेको देख्न पाइन्छ । पोखरालाई स्मार्ट बनाउने महानगपालिकाको योजना अनुरुप उस्ले अहिले हरेक वडालाई पनि स्मार्ट बन्न प्रोत्साहित गरिरहेको छ । पोखरा महागरपालिकाको वडा नं ३० ले पनि वडामा देखिने गरि विकास निर्माणको कामहरु गरेर अगाडि बढिरहेको छ ।

समाज घरको भवन निमार्ण सार्वजनिक शौचालय निमार्ण ,बाटोको स्तर उन्नति , मन्दीर निमार्ण ,आमा समुहको भवन निमार्ण , शैक्षिक सामग्री बितरण , ढलान बाटो निमार्ण , भित्री बाटो कालोपत्रे , ्नाला ढलान लगायतका कामहरु धमाधम गरिरहेको छ । देखिने गरि भए गरेका यी कामहरुले वडा नम्बर ३० ले चाँडै स्मार्ट वडा बन्ने अभियानले चाँडै सार्थकता पाउने आशा गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com