किसानलाई सस्तोमा सबै थोक दिने भन्दै ६७ लाख बढी उठाएर एक नटवरलाल ओखलढुंगाबाट फरार ! (भिडियो)



प्रकाशित मिति : Jun 08, 2019

१.किसानलाई सस्तोमा सबै थोक दिने भन्दै ६७ लाख बढी उठाएर एक व्यक्ति ओखलढुंगाबाट फरार

न आधुनिक कृषि प्रविधिका लागि साथ, सुझाव र सल्लाह पाउछन् , नत सरकारी सहयोग पाउछन् अझ अघि बढेर भन्नु पर्दा आफ्नो उत्पादनका लागि भनेको बेलामा नत बजार नै पाउछन् । यो नेपालको कृषकहरुको मौलिक समस्या नै बनेको बेलामा एक व्यक्तिको उपस्थित हुन चोरका हजार दाउको शैलीमा । व्यवसायिक कृषिका लागि विउ विजनदेखि कृषकलाई कुखराको चल्लादेखि दाना समेत सुपथ मूल्यमा उपलब्ध गराउने लोभ देखाएर ओखलढुंगामा एक व्यक्तिले सिड्स बैंक ओखलढुंगा सञ्चालनमा ल्याए । भएभरका प्रलोभन देखाएर कृषकहरुलाई त्यस बैंकमा लाखौं रुपैयाँ जम्मा गर्न लगाए ।

६३ बढी कृषकले प्रति किसान २० हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म जम्मा गरे । भोलिको सुनौलो भविष्य र आफ्नो भाग्य सप्रिने नाममा यसरी कृषकले जम्मा गरेको लगभग ६७ लाख ८ हजार ६ सय ९९ रुपैयाँ ठगेर ती व्यक्ति भागेपछि ओखलढुंगाका सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिका किसानहरु कृषि कर्म त्यागेर बिभिन्न निकाय धाउन विवश छन् । अझ फेसबुकबाट भने ठगिएका कृषकको सम्पर्कमा नै रहेका ति व्यक्ति भागेको महिनौ वित्दा पनि पक्राउ पर्न सकेका छैनन् । कस्तो बिडम्बना ?

२. बारम्बार आगलागीको चपेटामा पर्ने तेह«थुममा आगलागीबाट बच्ने उपाय खोजिदै

तेह«थुम बारम्बार आगलागीको चपेटामा पर्ने पूर्वी पहाडको अभागी जिल्लामा गनिन्छ । यो जिल्लामा भएका दुई ठूला आगलागीले धेरै परिवारको विचल्ली पारेको छ । तर आगलागीको अत्यासले अझै पनि यो जिल्लालाई अत्याउन छाडेको छैन । २०५७ सालमा सदरमुकाम म्याङ्लुङ र २०७३ सालमा आठराईको संक्रान्ति बजारमा भएको भीषण आगलागी अहिले पनि तेह«थुमवासीले सम्झन पनि मान्दैनन ।

यी दुई घटनामा परेर धेरै परिवार घरवारविहीन बने तर पुर्नस्थापनका लागि राज्यबाट प्रतिबद्ध सहयोग पनि नपाउँदा उनीहरु निराश बनेका छन् । यस्तै अवस्थामा आगलागी नियन्त्रणका लागि उपायहरुको खोजी हुन थालेको छ तेह«थुममा । हालै सशस्त्र प्रहरी बल बराह बाहिनी पकली सुनसरीका रेस्क्यू टोलीले आगलागी सम्बन्धी विशेष प्रशिक्षण र नाटकीय प्रदर्शन मार्फत तेह«थुमवासीलाई आगलागी भए के गर्ने भन्ने बारेमा राम्रो उपाय सुझाएको छ । आगलागी जस्तो विपद्मा बच्नका लागि पाएको ज्ञानलाई तेह«थुमवासीले स्वागतयोग्य भन्दै ग्रहण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com