सीधै सर्वसाधारणको भान्सामा जाने एलपी ग्याँसमा मूल्य घटाउन सकिन्नः आयल निगम



प्रकाशित मिति : Jun 07, 2019

काठमाडौं । नेपाल आयल निगमले गत बुधबार राति १२ बजेदेखि पेट्रोलको साविकको मूल्यमा एक रुपैयाँ घटाएको छ । निगमले पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य ११० रुपैयाँ प्रति लिटर कायम गरेको छ । तर डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावतनै रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य जतिसुकै घटे पनि सीमित नेपाली उपभोक्ताबाहेक अरु कसैले त्यस््को महसुस गर्न पाएका छैनन् । यही प्रट्रोलियम पदार्थकालागि सीमा नाकामा सकस भयो, सडक बन्द गरियो तर, त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर काठमाडौंबासीले भोग्नुपरिरहेको छ । यीनै विषयमाविशेष कुराकानीगर्नका लागि न्यूज २४ टेलिभिजनले नियमित प्रस्तुति ‘६ प्रश्न’मा नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेललाई आफ्नो स्टुडियोमा निम्त्याएको छ ।

भर्खरै एक रुपैयाँमात्र घटाइएको पेट्रोलको विषयमा कुराकानी गर्दै कार्यकारी प्रमुख पौडेलले भन्नुभयो, ‘पेट्रोल भनेको कोमोडिटी मार्केटमा चल्ने विषयबस्तु हो । सेयर बजार जस्तै कोमोडिटी मार्केटमा खरिद–विक्री गरिने बस्तु हो । यो अन्तर्राष्ट्रिय मार्केट अनुसार चल्ने भएकाले ‘डिमाण्ड सप्लाई’ र ‘डलरको भाउ’ले फरक पार्ने कुरा हो ।’

उहाँले थप्नुभयो, ‘कोमोडिटी मार्केटको उत्तर चढाबका कारण पेट्रोलियम पदार्थको मूल्यमा घट्ने–बढ्ने भएको हो । हामीले पेट्रोल, डिजेल, मट्टीतेलमा भने अटो प्राइसिङको सुरुवात गरिसकेका छौं, तर एलपीग्याँसमा भने गर्न सकेका छैनौं । किनभने एलपी ग्याँस सीधै सार्वसाधारणको भान्सामा जान्छ ।’

यो वर्ष मात्रै एलपीग्याँसमा निगमले सात अर्बको नोक्सान ब्यहोरेको उहाँको तर्क छ । टिभी जर्नलिष्ट निमा काफ्लेले कार्यकारी प्रमुख पौडेलसंग गरेको कुराकानीको बाँकी अंश भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com