इटहरी मेयर चौधरीलाई सार्वजनिक रूपमा आत्मालोचना गर्न नेता योगेश भट्टराईकाे आग्रह



प्रकाशित मिति : Jun 06, 2019

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई नेकपा नेता योगेश भट्टराईले आत्मालोचना गर्न आग्रह गर्नुभएकाे छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक पदमा रहेकाले पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन अनुराेध गर्दै क्षमायाचना गर्न आग्रह गर्नुभएकाे हाे ।

उहाँले फेसबुकमा लेख्नु भएकाे छ- ‘इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकालाल चौधरीलाई अनुरोध- द्वारीकजीको हक्की स्वभाव, प्रस्ट वक्ता र इमान्दारिताको पहिलेदेखि नै प्रशंसक हुँ । तर केही दिन यता उहाँले पत्रकार र अन्य कतिपय व्यक्तिहरूका बारेमा सार्वजनिक भएका अभिव्यक्ति स्वयम् उहाँले धारण गर्नुभएको सार्वजनिक पद, उहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी ( नेकपा) र स्वयम् उहाँको राजनीतिक उचाइका लागि कदापि सुहाउँदैन । तसर्थ आफ्ना भनाई प्रति सार्वजनिक रूपमा आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर द्वारीक चौधरीलाई म विनम्र अनुरोध गर्दछु ।’


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com