इटहरीका मेयर चौधरी उग्र– लाइभ कार्यक्रममै गाली र धम्की ! ज्ञानेन्द्र शाहीको विषयमा के भन्छ प्रहरी ? (भिडियो)



प्रकाशित मिति : Jun 05, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३८७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै विशेष ब्यक्तित्वहरुसँग विभिन्न विषयमा प्रत्यक्ष कुराकानी समेत गरिएको छ ।
निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. ज्ञानेन्द्र शाही पक्राउ प्रकरण : शाही र प्रहरीको आ–आफ्नै दाबी !
काठमाडौं । ‘नेपालका लागि नेपाली अभियान’ चलाएका जुम्लाका ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी यातना दिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भैरहेको छ । शाहीले आँफूले गरेको पत्रकार सम्मेलनमा उपस्थित नभएको भन्दै कणार्ली प्रदेशका पत्रकारलाई अपमानजनक शब्द प्रयोग गरेका थिए । सोही कारण पत्रकार महासंघ, कर्णाली प्रदेश शाखाका अध्यक्ष दुर्गा थापा र सुर्खेत जिल्ला अध्यक्ष गणेश कञ्चन भारतीले शाहीविरुद्ध उजुरी दिएका थिए । सामाजिक सञ्जालमा पत्रकारविरुद्ध गाली गलौज र बेइज्जती गरेर शाहीले विद्युतीय अपराधको कसुर गरेको भन्दै सुर्खेत प्रहरीले पक्राउ गरी उनलाई काठमाडौं पठाएको थियो ।

२. कालिञ्चोक गाँउपालिकाले करोडौंमा किनेको स्काइभेटर–टिप्पर बेबारिसे बन्यो
दोलखा । दोलखको कालिञ्चोक गाँउपालिकाले २ करोड बढीमा खरिद गरेका निर्माणका साधन बेबारिसे बनेका छन् । गत आर्थिक बर्षमा १ करोड ३२ लाखमा खरिद गरेकोे स्काइभेटर, बे्रकर, ३२ लाखको व्याक लोडर र ४० लाखको टिप्पर अहिले कहाँ–कुन अवस्थामा छ ? भन्ने कुरा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई नै थाहा छैन । गाँउपालिकालाई थाहा नभएका साधन खोज्दै पुगेको हाम्रो टिमले स्काइभेटर र ब्रेकर बाबरे भन्ने स्थानमा राखिएको अवस्था भेटियो भने टिपर सुनखानी भन्ने स्थानमा भेटियो तर, ब्याकलोडर भेटिएन ।

३. मेयर चौधरीले पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको भन्दै धम्की !
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन् । इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी नाकको हड्डी भाँच्न एक करोड छुट्याएको भन्दै धम्क्याएका हुन् । आफ्नो फेसबुक पोस्टमा ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले, ‘तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु । एउटा घडेरी छुट्याको छु । तेरो नाकको हड्डी भाँचे मात्रै मलाई सन्तोष हुन्छ’ भन्दै धम्काएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com