५ घण्टा पैदल हिडेर स्वास्थ्य सेवा लिन पुगे सुगम भनिएको कैलालीका वासिन्दाहरु



प्रकाशित मिति : Jun 03, 2019

१.प्रदेश सरकारले अघि सारेका योेजना आयोजना अलपत्र परेपछि प्रदेशवासी चिन्तित
प्रदेश सरकारहरु पनि प्रतिबद्धतामा चुक्न थालेका छन् । विश्वास जितेर संघीयताको जग बलियो बनाउनु पर्ने समयमा प्रदेश सरकारहरुले पनि बोलेका र प्रतिबद्धता व्यक्त गरेका धेरै योजना आयोजनाहरु अलपत्र बन्दा प्रदेश सरकारप्रति जनतामा राम्रो छाप बन्न सकिरहेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले जनताको प्रत्यक्ष सरोकार राख्ने विषयमा धेरै योजनाहरु अघि सा¥यो ।

प्रदेशवासी पनि प्रदेश सरकारको योजना सुनेर दङ्ग परे । तर दुर्भाग्य ताल उही । सुदूरपश्चिम प्रदेश सरकारले अघि सारेका दर्जन भन्दा बढी योजना आयोजनाहरु कता छन् खोज्नु पर्ने बेला भएको छ । प्रदेश सरकारका सत्तापक्षकै सांसदहरु सरकारको यो शैलीप्रति रुष्ट देखिएका छन् भने प्रतिपक्षी दलले भने कार्यकर्ता पोष्न ल्याइएका योजनाहरु कहिले सफल नहुने भन्दै प्रदेश सरकारको खिल्ली उडाउन थालेको छ ।

यता प्रदेश सरकार भने केन्द्रलाई दोष दिदै समयमा नै कर्मचारी नपाउँदा योजनाहरु अलपत्र बनेको जिकिर गर्दै आएको छ । तर काम गर्न र आँट गर्ने हो भने केही कुराको अभावले तगारो लगाउदैन भन्नु बुझ्न सुदूरपश्चिम सरकारलाई गाह«ो नपर्नु पर्ने हो ।

२.डोटीको बोगटान फुड्सिल गाउँपालिकामा देखियो विकास र जनमैत्री कामको नमुना
कतिपय स्थानीय तहमा विकासको नमुना देख्न थालिएको छ । जोश र जाँगर चलाउने अनि जनताप्रति उत्तरदायी जनप्रतिनिधि हुने हो भने गाउँघरको विकास र जनताको सेवा सुविधामा कायापलट हुन कतिबेर पनि लाग्दैन । अहिले यस्तै अवस्था देखिएको डोटीको बोगटान फुड्सिल गाउँपालिकामा ।

जनतामा अपार हर्ष छ , उनीहरुको खुसीको सीमा चुँलिदो छ । स्थानीय तहले विकासमा देखाएको प्रतिवद्धता र जनताप्रति देखाएको इमान्दारीले गाउँमा अहिले विकासको नमुनाहरु देखिन थालेका छन् । बोगटानको यो सत्प्रयासलाई अन्य स्थानीय तहले पनि अनुकरण गर्न लायक छ वास्तवमा ।

३.५ घण्टा पैदल हिडेर स्वास्थ्य सेवा लिन पुगे सुगम भनिएको कैलालीका वासिन्दाहरु
स्वास्थ्य सम्बन्धि अधिकारलाई संविधानले मौलिक अधिकारमा प्रत्याभूत गरेको छ । तर नेपालमा अहिले पनि ठूलो हिस्साका जनताहरु स्वास्थ्यको पहुँचबाट टाढा छन् । सुगम भनिएको कैलाली जिल्लाको चुरे गाउँपालिकामा गरिएको वृहत् निशुल्क स्वास्थ्य शिविरमा यसपटक पाँच घण्टाको पैदल यात्रा तय गरेर पनि स्वास्थ्य सुविधा लिन स्थानीयवासी पुगेका थिए । यही कुराले पुष्टि गर्छ नेपाली नागरिकको स्वास्थ्य पहुँचबाट अझै कति टाढा छन् भन्ने ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com