बोलेरो दुर्घटनामा परी एकको मृत्यु



प्रकाशित मिति : May 24, 2019

मकवानपुर । मकवानपुरमा बोलेरो दुर्घटनामा परी एकको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा २० च ४२७९ नम्बरको बोलेरो सडकबाट करीब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

बिहान ३ः३० बजे भएको सो दुर्घटनामा परी भारतको मोतीहारी जिल्ला बस्ने वर्ष ४५ का कनैया साहको मृत्यु भएको हो । भीमफेदी गाउँपालिका–५ बस्ने वर्ष २० का महेश भुलन (चालक) र भारतको बेतीया बस्ने वर्ष २२ का कनैयाकुमार साह घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि बल्खु काठमाडौँस्थित वयोधा अस्पतालमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com