नियमविपरीत डोजरले खनेर खाल्टाे नपुर्दा डुबेर एककाे मृत्यु



प्रकाशित मिति : May 24, 2019

सिन्धुली । सिन्धुलीमा डोजरले खनेको खाल्टामा डुबेर एकको मृत्यु भएको छ । जिल्लाको मरिण गाउँपालिका–७ बाह्रबिसेमा ७ वर्षीय बालक मनिष श्रेष्ठको पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी मृत्यु भएको हो ।

नियमविपरीत खाल्डो खनी कच्चा पदार्थ उत्खनन गरी खाल्डा नपुर्दा बालकको ज्यान गएको प्रहरीले जनाएको छ । कालिका कन्स्ट्रक्सनका छत्रेबहादुर अर्यालले कन्स्ट्रक्सनको डोजरले मरिणखोलामा खनेका जोखिमयुक्त खाडल तत्काल पुर्ने प्रतिबद्धता जनाए पनि त्यसअनुरुप नगरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयले नियमविपरीत डोजरले मरिणखोलामा खाडल खन्दा जोखिम भएको भन्दै रोके पनि अटेर गर्दा यसअघि पनि हरिहरपुरगढी गाउँपालिका निवासी एक वृद्धको खाडलमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com