कपिलवस्तुमा कटुवा पेस्तोलसहित एक पक्राउ



प्रकाशित मिति : May 24, 2019

कपिलवस्तु । प्रहरीले नलकटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। कपिलवस्तु नगरपालिका–८, दोहनी बस्ने २८ वर्षीय राधेश्याम कोहारलाई बिहीबार राति नलकटुवा पेस्तोल १ थानसहित पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीको गस्ती टोलीले उनलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। कोहारलाई चेकजाँच गर्दा १२ बोर नलकटुवा पेस्तोल बरामद भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए।

पक्राउ परेका कोहारलाई हतियार ओसारपसारविरुद्ध मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com