आहा जुम्ला ! जेठ महिनाबाटै मार्सीधान फलाउनमा व्यस्त जुम्ली (फोटोफिचर)



प्रकाशित मिति : May 24, 2019
  • दान बहादुर

जुम्ला । उच्च हिमाली जिल्ला जुम्लाका कृषकहरु हिजो आज धान रोप्न निकै व्यस्त देखिन्छन । नेपालको उच्च स्थान समुन्द्री सतहबाट २८ सय ५० मिटरको उचाईमा फल्ने कालीमार्सी धान यहाँ उत्पादन हुने गर्छ ।

जुम्लाको चन्द्रनाथ नगरपालिका, कनका सुन्दरी गाँउपालिका, सिन्जा गाँउपालिका, हिमा गाँउपालिका, तिला गाँउपालीका, गुठीचौर गाउँपालिका, तातोपी गाँउपालीका, पतारासी गाँउपालिकामा रहेका कृषकहरु हिजो आज कालीमार्सी रोप्नको लागी बिहान ६ बजे देख बेलुका ८ बजे सम्म खेतमा निकै व्यस्त रहेका देखिन्छन ।

जिल्लामा बिशेष गरी जुम्लाको स्थानीय रैथानिले कालीमार्सी धान, चन्द्रथान १, चन्द्रनाथ ३, छुमरुम जातको धान रोप्ने गरेका छन । जिल्लाको कुल क्षेत्रफल २ लाख ५३ हजार १ सय हेक्टर मध्ये कुल खेतीयोग्य भूमी ३९ हजार ४सय ६ हेक्टर रहेको छ । सिञ्चित खेतीयोग्य जमीन ३ हजार १ सय ५४ हेक्टर मध्य २ सय हेक्टरमा धान खेती गर्ने गरेको पाईएको छ । जुम्लामा कालीमार्सी रैथानिया धान ४० प्रतिशत रोप्ने गरेको तथ्याड्ढरहेको छ ।

पछिल्लो समयमा बस्ती बिस्तारको कारण धान रोप्ने ज्यूलोमा घर निमार्ण हुन लागेपछि धान रोप्ने जमीन मासिदै गएको जुम्ला कृषि ज्ञान केन्द्रका प्रमुख अधिकृत बालराम देवकोटाले बताएका छन ।

जुम्लाको मुख्य पहिचान बोकेको उच्चस्थावमा फल्ने कालीमार्सी स्थनीय रातो जातको धान लोपहुदै गइरहेको छ । कुनै बेला शाहवंशी राजाहरुले जुम्लाको स्थानीय कालीमार्सी रातो धानको चामल हुलाक मार्फत झिकाएर नारायणहिटी दरवारमा पुग्ने गरेको थियो ।

यहाँ पछिल्लो समयमा बिभिन्न प्रजातिका उन्नत जातको धान फष्टाउदै गएको छ । यूरीया मल, खेतमा झारपात नउम्रिने ब्यूटाकुलर नामक बिषादी प्रयोग गर्नाले स्थानीय रैथानिक कालीमार्सी, स्थानिय रातो धानलोप हँुदै गइरहेको स्थानीय कृषकको भनाइ छ ।

‘पहिला स्थानीय धान धेरै फल्थ्या, उत्पादन धेरै हुन्थ्यो, बिभिन्न औषधि खेतमा प्रयोग गरेर उत्पादन कम हुने भएको हुँदा सेतो उन्नत प्रजातिको धान लगाउने गरेका छौँ’ कनकासुन्दरी वडा नम्बर ४ बर्ष ४० की शान्ती खत्रीले भनिन् ।

स्थानीय रातो धान भन्दा पछिल्लो समयमा लगाउने गरेको धान लगाउँदा मिहेनेत अनुसारको फल पाइदैन । पछिल्लो समयमा बिषादी औषधि प्रयोग गर्नाले स्वास्थ्यमा असर परेको छ । कालीमार्सी धानको जस्तो मिठो सरीलो हुँदैन, कृषि कार्यालयले बितरण गरेको धानको बिँउ लगाउदा धान राम्रो हुँदैन, पहिला गाइ-भैँसीको मल प्रयोग हुन्थ्यो, पछिल्लो समयमा सबैले बजारको यूरिया मल बिषादी प्रयोग हुँदा समस्या भएको किसानको गुनासो छ ।

हाल जुम्ला जिल्लाको उत्पादन कालीमार्सी धान, कोदोलगायत अन्य उत्पादनको नेपालका अन्य सहरमा माग बढेको छ । कनकासुन्दरी हिमागाउँपालिका, सिन्जा गाउँपालिकामा त्यसको उत्पादन बढाउन जोड दिइएको छ । अर्गानीक खेतीबाटै उत्पादन बढाउने प्रयास भइरहेको सिंन्जा गाउँपालिकाका अध्क्षय देवलसिंह रावतले बताएका छन । हाल यहाँ प्रदेश राजधानी सुर्खेतबाट विषादी ल्याउन रोकसमेत लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com