एक वर्षसम्म मोबाइल फोन वा ट्याबलेट चलाउन नपाइने प्रतियोगिता !



प्रकाशित मिति : May 22, 2019

एजेन्सी । हिजो–आज मोवाइल विना मानिस बाँच्नै सक्दैन कि भन्ने लाग्छ । स्मार्ट फोनको प्रयोग बढ्दैछ । हालै एउटा कम्पनीले एक वर्षसम्म फोन चलाउन नपाउने अनौठो प्रतियोगिताको आयोजना गरेको छ ।

भिटामिन वाटर नामको एक कम्पनीले हालै ‘नो फोन फर एयर’ प्रतियोगिताको आयोजना गरेको छ । यो प्रतिष्पर्धामा भाग लिने व्यक्तिले एक वर्षसम्म आफ्नो मोबाइल फोन वा ट्याबलेट चलाउन पाउने छैनन् ।

कोकाकोलाको स्वामित्वमा रहेको यो कम्पनीले ३ सय ६५ दिनसम्म फोन नचलाउने व्यक्तिलाई एक लाख डलर अर्थात् एक करोड रुपैयाँ नगद पुरस्कारको घोषणा गरेको छ ।

प्रतिष्पर्धाका लागि कम्पनीलाई आफू लायक छु भनेर विश्वास भने दिलाउनुपर्छ । यो अचम्मको प्रतिष्पर्धामा भाग लिन ट्वीटर वा इन्स्टाग्राममा फोटो पोष्ट गर्दै भिटामिन वाटरलाई आफ्नो स्मार्टफोनबाट किन ‘ब्रेक’ चाहिएको छ भनेर बताउनुपर्नेछ ।

मानिसहरुले आफ्नो खाली समयमा केही रमाइलो कार्य गर्न सकून् भन्ने उद्देश्यसहित यस्तो प्रतिस्पर्धा गराउन लागेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com