तेश्रो यु–१६ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता– कीर्तिपुर र ग्रेट माया सेमिफाइनलमा



प्रकाशित मिति : May 22, 2019

काठमाडौं । कीर्तिपुर र ग्रेट माया तेश्रो यु–१६ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

नयाँ बजारस्थित प्राइम कलेजको कोर्टमा भएको खेलमा कीर्तिपुरले ज्ञान निकेतनलाई ५९–४८ ले पराजित ग¥यो । कीर्तिपुरको जितमा रुजन महर्जनले २६ अंक योगदान गरे । जाङबु शेर्पाको २६ अंक सहयोगमा ग्रेट मायाले विल्सनलाई ६०–५७ को झीनो अन्तरले हरायो ।

नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा पिपुल्स एकेडेमी र साउथ साइडर्स पनि सेमिफाइनलमा पुग्न सफल भए ।

पिपुल्सले विद्या सागरलाई ५५–३१ ले पाखा लगायो । पिपुल्सका धीरेन कठायतले १८ स्कोर गरे । साउथ साइडर्सले हिमालयमाथि ७३–५८ को जित दर्ता ग¥यो । विजयी टिमका लागि सिजन महतोले २५ अंक जोडे ।

सेमिफाइनलमा कीर्तिपुरको भेट ग्रेट मायासंग हुनेछ भने पिपुल्सले साउथ साइडर्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com