गुलरिया नगरपालिकामा पहिलो सहकारी संस्था दर्ता



प्रकाशित मिति : May 22, 2019
  • ज्योतिकुमार पन्थी,

गुलरिया? ८ जेठ । प्रदेश नं ५ अन्तर्गतका १२ जिल्लाहरू मध्ये बर्दिया जिल्ला गुलरिया नगरपालिकामा पहिलो बबई कृषि सहकारी सहकारी संस्था दर्ता गरिएको छ ।

सहकारी डिभिजन कार्यालयलाई स्थानीय निकायमा स्थानान्तरण गरेपछि बर्दिया जिल्लामा पहिलो सहकारीको रूपमा दर्ता भएको गुलरिया नगरपालिकाका शहकारी शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईले बताउनुभयो ।

विधिवत् रूपमा बर्दिया जिल्लामा रहेको गुलरिया नगरपालिकामा दर्ता भएको बबई कृषि शहकारी संस्था गुलरिया–५ ले कृषकको जीवन स्तरमा सुधार हुने अपेक्षा गरिएको नगरप्रमुख मुक्तिनाथ यादवले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com