नेपालमा कूल जनसंख्याको करिब ३० लाखलाई मुटु सम्बन्धी समस्या



प्रकाशित मिति : May 22, 2019

काठमाडौं । झनक्क झर्कने, हरेक कुरामा झ्याउ मान्ने, सानो कुरामा पनि बिपरित सोचाइ राख्ने, शंकालु हुने र चिड चिडाहट् पैदा हुने जस्ता लक्षण नेपालका नगरवासीहरुमा बढ्दो छ । यसप्रकारको समस्या बढ्नुमा ७५ प्रतिशत प्रदुषण, धुम्रपान कसरत बिनाको शहरी जीवनशैली र अस्वास्थ खानपान रहेको चिकित्सकको ठम्याई छ ।

कास्की का १९ बर्षिया सदेभ बिकलाई अचानक छाती दुख्ने र थकाइ लागिरहने भएपछी अस्पताल पुगे । परिक्षण को क्रममा उनलाई मुटुको भल्भमा समस्या आएको थाहा भयो ।

उनि त एक प्रतिनिधि हुन् उनि जस्तै कम उमेर मै मुटु रोग देखिने बढेको चिकित्सक बताउछन् । हरेक जिल्लामा १५ देखी २५ प्रतिशतलाई मुटुरोग भएको चिकित्सक बताउछन् ।मुटुका बिरामी जोखिमको अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्ने चिकित्सक बताउछन् ।

एक अनुसन्धानले प्रदूषित हावाका कारण ७५ प्रतिशतलाई मुटु रोग लाग्ने देखाएको छ । धुलोका साना कणले मुटुमा असर गर्ने चिकित्सकको भनाइ छ ।

मुटुरोगका लक्षणः

  • परिश्रम गर्दा दम बढ्नु ,स्याँ–स्याँ हुनु
  • मुटु बेतालले धड्किनु
  • खुट्टाहरू सुन्निनु
  • धाँटीको रक्तनली फुल्नु
  • छाती भारी हुनु दुख्नु
  • जिब्रो,औंलाका टुप्पाहरू नीलो हुनु

मुटुरोगबाट बच्ने उपायः

  • यमित शारिरीक व्यायाम गर्ने,
  • धुम्रपान मद्यपान नगर्ने ,
  • मासु, चिल्लो, जंक फुड कम खाने
  • तनाव कम गर्ने,
  • तौल सन्तुलित राख्ने
  • मुटु परीक्षण गर्ने

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से्नि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । नेपालमा कुल जनसंख्याको करिब ३० लाख लाई मुटु सम्बन्धि रोग छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com