कांग्रेस–साना दल कार्यगत एकताको बहसमा



प्रकाशित मिति : May 22, 2019

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग संसदका साना दलहरुले कार्यगत एकताको प्रस्ताव राखेका छन् । सरकारको काम गर्ने शैली संवैधानिक मर्मभन्दा विपरित भन्दै उनीहरुले कांग्रेससँग कार्यगत एकता प्रस्ताव गरेको बताएका छन् । तर, जानकारहरु यसले राजनीतिक अस्थिरता निम्तिने बताउँछन् ।

कांग्रेस सहित संसदमा रहेका विपक्षी तथा संसद बाहिर रहेका दलहरुले सरकारको कार्यशैलीको विरोध गरेका छन् । उनीहरुले बहुमतका बलमा विधेयक पारित गराउने, संविधानको भावना विपरित चलेको आरोप लगाउँने गरेका छन् । हालै संसदमा ल्याइएको मिडिया काउन्सिल, मानवअधिकार आयोग जस्ता विधेयक संविधानको भावना विपरित भएको विपक्षीको आरोप छ । सही ट्रयाकमा ल्याउन कांग्रेसको नेतृत्वमा कार्यगत एकता आवश्यक रहेको ती दलहरुले बताएका छन् ।

कांग्रेसले भने कार्यगत एकताका लागि पार्टीगत धारणा लिएर आउन भनेको छ । साना दलहरुको प्रस्तावमा सकारात्मक देखिएको कांग्रेसले सरकारको अधिनायकवादी शैलीलाई रोक्न मात्र कार्यगत एकता गर्न सकिने बताएको छ ।

तर, जानकारहरु कांग्रेस–साना दलहरुको कार्यगत एकता व्यवहारिक नहुने बताउँछन् । उनीहरुले राजनीतिक अस्थिरता मात्र निम्तिने तर्क गरेका छन् ।

सरकार विरुद्ध ससक्तरुपमा प्रस्तुत हुन कार्यगत एकता नै गरेर अगाडी बढन देउवालाई दवाव दिने दलहरुमा नेकपा माले, राजपा, नेकपा क्रान्तिकारी, नेकपा ऋषि कटेल समुह लागायतका आधा दर्जन दलहरु छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com