तरकारीको मूल्य आकाशियो, राष्ट्र बैंकको तथ्यांक गलत सावित



प्रकाशित मिति : May 22, 2019

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका मूख्य शहरहरुमा तरकारी र खाद्यन्नको मूल्य आकासिएको छ । राष्ट्रबैंकको तथ्याङकमा भने मूल्य घटेको देखाइएको छ । तर, उपभोत्ताहरु तरकारी लगायतका वस्तुको मूल्य असाध्यै बढेको बताउँछन् ।

वार्षिक बजेट प्रस्तुत गर्ने दिन नजिकिदै जाँदा कर दायरा बढ्छ भन्ने अनुमानमा बजार भाउ उकालो लाग्ने चलन परम्परा जस्तै भएको छ । १५ जेठमा प्रस्तुत गरिने बजेटको आंकलन गर्दै उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरीएको र तरकारीको भाउ चौगुणा बढाइएको उपभोक्ता÷सरोकारवालाहरुकोे आरोप छ ।

कालिमाटी तरकारी बजारको तथ्याङ्क हेर्दा वर्षभरिनै तरकारी जन्य वस्तुको मूल्य वृद्धि भएको देखिन्छ । अहिले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको प्रतिवेदन अनुसार गोलभेडाको मूल्य पाँच वर्ष यताकै उच्च छ । काउलीको मूल्य वृद्धिले पनि नयाँ रेकर्ड लिने पक्का जस्तै छ ।

तर, सरकारको आँकडा भने बजारको अवस्था भन्दा उल्टो छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिना अघि गत वर्ष भन्दा ४ दशमलव ४ प्रतिशतले मुल्य घटेको देखाएको छ । जबकी, बजारमा हेर्दा दुई महिना देखिनै तरकारीको मुल्य छोइनसक्नु हुदै गइरहेको छ ।

मूल्यवृद्धिको अवस्था गत वर्ष जेठ ८ गते र यो वर्ष जेठ ८ गतेको तुलना

उपभोक्ता अधिकारकर्मीहरु भने बजार भाउ नबुझी राष्ट्रबैंकले तथ्याङक निकालेको टिप्पणी गर्छन् । कालीमाटीमा दैनिक ८ सय टनसम्म तरकारीको माग छ । अहिले ६ सय टन मात्र भित्रिन्छ । जुन बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । विचौलियले अभावैलाई मेसोपारी गालेभेडामा ५० प्रतिशत, काउलीमा ३० प्रतिसतसम्म नाफा कमाइरहेका छन् । तर, कृषकबाट भने प्रतिकेजी गोलभेडा ५० रुपैयाँ र काउली २५ केजीमा धमाधम ल्याइरहेका छन् ।

तराईमा क्षेत्रमा आएको हावाहुरीका कारण आन्तारीक उत्पादनमा कमी र माग अनुसार आयात नहुँदा भाउ बढेको वाणिज्य विभागको तर्क छ ।

सरकारले उपभोक्ता र किसानलाई हितमा राखी बजार व्यवस्थित् गर्ने बताएपनि विचौलियको विगविगीलाई निमिट्यान नपारेसम्म बजार व्यवस्थापन नहुने उपभोक्ता कर्मीहरुको तर्क छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com