ट्याक्सीकाे मिटर भाडा बढ्यो



प्रकाशित मिति : May 22, 2019

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीको नयाँ भाडा समायोजन गरेको छ । विभागले ६ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको हो ।

विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको बताइएको छ । यो भन्दा पहिला ट्याक्सी चलाउन थाल्ने वितीकै सुरुमा १४ र एक किलोमिटर गुडिसकेपछि ५० उठ्ने गरेको थियो । नयाँ भाडा समायोजन गरेपछि अहिले सुरुमा १५ र एक किलोमिटर गुडेपछि ५३ उठ्ने जनाइएको छ।

विभागले विसं २०७५ असोज ७ गते ट्याक्सीमा १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजन गर्न थालेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com