प्रथम रारा ट्रेल रन प्रतियोगिता : दुर्गबहादुर बुढालाई उपाधि



प्रकाशित मिति : May 22, 2019
  • दान बहादुर बुढा

मुगु । नेपाली सेनाले आयोजना गरेको प्रथम रारा ट्रेल रन प्रतियोगिताको प्रथम उपाधि कनका सुन्दरी गाउँपालिका –३ जुम्लाका दुर्गबहादुर बुढाले हात पारेका छन् । जैबिक बिबिधता दिवसको अवसर पारेर नेपाली शेनाले पहिलो पटक रारामा ट्रेल रन प्रतियोगिता आयोजना गरिएको थियो ।

बुढाले सो ताल वरीपरी १५ किलो मिटर दुरी ५५ मिनेट ३८ सेकेण्डमा पार गरी एक लाख नगद पुरस्कार सहित ट्रफि हात पारेका छन् । प्रतियोगितामा कनका सुन्दरी १ का धिरबहादुर बुढा दोस्रो, त्रिभुवन आर्मी क्लबका नबराज सावत तेस्रो, भिम बहादुर बुढा चौंथो र कनका सुन्दरी १ का प्रकाश कठायत पाँचौ स्थानमा ओगट्न सफल भएका छन् ।

आयोजनामा प्रथमलाई एक लाख, दोस्रो ६० हजार ,तेस्रो ४० हजार चौंथो २० हजार र पाँचौलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको छ भने सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी वल तथा देश भरिका १ सय ३० जना खेलाडी सहभागी भएका थिए । प्रतियोगिताको उत्तर पश्चिम पृतनाका पुतना पति उपरथि सरोजप्रताप राणाले उद्घाटन गरेका हुन् ।

खेललदे पर्यटनलाई प्रर्बद्धन गर्न र जैविक विविधता संरक्षण गर्ने सहयोग गर्ने आयोजकको भनाई रहेको छ । जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रतियोगिता आगमी बर्षहरुमा पनि निरन्तर रुपमा आयोजना गरिने सेनाले जानकारी दिएको छ । रारामा प्राकृतिक पर्यटन मात्र नभई खेल पर्यटनको प्रबद्धन गरी रारालाई पर्यटन पर्बद्धनमा टेवा पुग्ने लक्ष्यका साथ आगमि बर्ष ट्रेल रनको सट्टा महिला पुरुष अल्ट्रा म्याराथुन प्रतियोगिता समेत जानकारी गराइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com