सरोगेसीबाट बुबा बन्दैछन् सलमान खान ? भन्छन्, ‘बच्चा चाहन्छु’



प्रकाशित मिति : May 22, 2019

काठमाडौं/एजेन्सी । बलिउड अभिनेता सलमान खानको नाम सुन्ने बित्तिकै सबै फ्याहरुलको मनमा एउटा प्रश्न तेर्सिन्छ, त्यो हो– सलमानले कहिले बिहे गर्छन् ? यो प्रश्न सँधै चर्चामा रहन्छ । केही दिन पहिले उनी सरोगेसीबाट बुबा बन्दै छन् भन्ने समाचार बाहिरिएको थियो । अहिले आएर अभिनेता खानले पनि एक अन्तरवार्ताको दौरानमा आफूले एउटा बच्चा चाहेको कुरा बताएका छन् ।

अहिलेको समयमा अभिनेता खान आफ्नो आगामी फिल्म ‘भारत’को प्रोमोशनमा जुटेका छन् । यसै क्रममा मुम्बई मिररसँग कुराकानी गर्ने क्रममा उनले आफ्नो पनि बच्चा होस् भन्ने चाहना ब्यक्त गरेका हुन् । उनले भने, ‘मलाई बच्चा चाहिन्छ, तर बच्चाको साथमा आमा पनि आउँछन् । मैले बच्चाको आमालाई चाहन्न, तर बच्चालाई आमाको जरुरी हुन्छ । तर, म सँग बच्चाको हेरचाह गर्नका लागि एउटा पूरै गाउँ छ ।’

अभिनेता खानको यस कुराबाट के स्पष्ट हुन्छ भने उनी सरोगेसीको सहायतामा बुबा बन्दैछन् । उनी बच्चालाई निकै माया गर्छन् । उनले आफ्नो भतिज आहिलसँग खुब मस्ती गर्छन् । उनले आहिलसँग खेल्छन् र समय बिताउँछन् ।

यो भन्दा पहिले अभिनेता खानले विवाहको विषयलाई लिएर भनेका थिए, ‘म एक असल छोरा हुँ, त्यसैले असल बुबा बन्न सक्छु । तर असल श्रीमान बन्न सक्दिन होला ।’ सोही समयमा यस्तो समाचार पनि आएको थियो कि सलमानले विहे गर्नका लागि नजिकै पुगेका थिए । तर, उनले आफ्नो परिवार भन्दा अरुलाई खासै समय दिदैनथे । सलमानलाई लाग्छ कि आफ्नो पार्टनरलाई समय दिन नपाउनुनै उनलाई अपमान गर्नु हो ।

वर्क फ्रन्टको कुरा गर्नुपर्दा सलमान खानको फिल्म ‘भारत’ ५ जुनबाट ईदको अवसरमा दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । अभनेत्री क्याट्रिना कैफले उनको लभ इन्ट्रेष्टको भूमिका निभाउँदै छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com