ढुंगे अड्डाबाट १५ केजी चरेससहित तीन जना पक्राऊ



प्रकाशित मिति : May 22, 2019

काठमाडौं । काठमाडौंको ढुंगे अड्डाबाट १५ केजी चरेससहित तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ । महानगरीय प्रहरी वृत थानकोट र महानगरीय प्रहरी परिसरको संयुक्त टोली उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका दिनेश कार्की, सुनिता तिमिल्सिना, विश्वास थापा रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी गराए।

तस्करले प्रयोग गरेको २२० सीसीको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । प्रहरीको अनुसार बाइकमा राखेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर ल्याएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com