ब्राउनसुगरसहित युवक पक्राउ



प्रकाशित मिति : May 22, 2019

दाङ । दाङमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सात ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित लमही नगरपालिका–५ का ३० वर्षीय चुर्णसिंह ठकुरीलाई प्रक्राउ गरेको हो।

नेपालगञ्जबाट ब्राउनसुगर लिएर आउँदै गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा वडा प्रहरी कार्यालय लमहीको टोलीले सोमबार राति अर्जुनखोला नजिकबाट उनलाई पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहका अनुसार लमही क्षेत्रमा ब्राउनसुगर प्रयोगकर्ता बढ्न थालेको घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा कारोबारीलाई पक्राउ गर्न सफल भएको हो।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com