जनचेतनाको अभावका कारण दाङमा शुरु गरिएको अनलाइन सेवा प्रभावकारी भएन



प्रकाशित मिति : May 21, 2019
  • सुरेश श्रेष्ठ,

दाङ । गत वषदेखि नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय दाङमा शुरु गरिएको अनलाइन सेवा प्रभावकारी हुन सकेको छैन । गत वर्षको जेठ महिनादेखि तुलसीपुर र घोराही विद्युत प्राधिकरण केन्द्रमा महसुल तिर्नका लागि अनलाइनन सेवा सुरु गरिएको थियो । तर अनलाइन सेवा भने प्रभावकारी हुन सकेको छैन ।

घर र अफिसमा बसेरै बिद्युतको बिल बुझाउन सकिने गरी सञ्चालनमा ल्याइएको अनलाइन सेवा सुरु गरिएको थियो । तर अझैं पनि सेवाग्राही भने लामो लाइनमा उभिएर सकसपूर्ण थरिकाले बिद्युत महसुल बुझाउन बाध्य छन् । बिद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख दिपकजंग चौधरीका अनुसार महसुल बुझाउने विधिको बारेमा सेवाग्राहीहरुले चासो नदेखाएका कारण अनलाइन सेवा प्रभाबकारी बन्न नसकेको हो ।

महसुल बुझाउनका लागि महिला सेवाग्राहीहरु बिल काउण्टरमा लाइनमा बस्ने गरेको चौधरीले जानकारी जानकारी गराउनुभयो । अनलाइन सेवा सञ्चालन गर्ने विधिका बारेमा सिक्न नचाहाने र पैसा तिरेको बिल नै खोज्ने भएकाले सेवा प्रभावकारी नभएको प्राधिकरणले जनाएको छ ।

कार्यालयमा बिल बुझाउन आएका सेवाग्राहीलाई करिब ३ महिनादेखि ई– सेवाको महत्व र समय बचतको बारेमा जानकारी गराउने गरिएको छ । तर पनि सेवाग्राही बिश्वस्त गर्न नसकेको नेपाल बिद्युत प्राधिरकण शाखाले जनाएको छ । नेपाल बिद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा करिब ३८ हजार ग्राहक छन् ।

दैनिक २ सय जनाले जतिले अनलाइनबाट महशुल तिर्ने गरेका कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो । नेपाल बिद्यतु प्राधिकरण घोराही वितरण केन्द्रका सेवाग्राहीले पनि अनलाइन सेवालाई अझै पनि प्रभावकारीरुपमा उपयोग गरेका छैनन् ।

केन्द्र प्रमुख मधुसुदन यावदले अनलाइन सेवाको महत्वका बारेमा आम सेवाग्राहीलाई सेचताना दिनुपर्ने अबस्था सृजना भएको छ । घोराही स्थित कार्यालयले अनलाइन र टोकन सेवावाट महशुल बुझदै आएको छ । समयको बचत र सकस पनि नहुने भन्ने बारेमा जानकारी गराउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । खासगरी महिलाहरुलाई यसको प्रभावकारीताका बारेमा जानकारी दिनुपर्नेछ’ उहाले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com