अबैध कारोबार र यौनधन्दामा गुरुङको कनेक्सन रहेको आरोप, प्रहरीले बढायो कडा निगरानी



प्रकाशित मिति : May 21, 2019

काठमाडौं । ठमेलमा यौनधन्दा, खुलेआम लागूऔषध तथा अवैध कारोबार जस्ता गम्भीर विकृतिहरु ह्वात्तै बढेको छ । त्यसोत, काठमाडौं जिल्ला प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी आएसँगै यसको पर्दाफास सुरु गर्दै ठमेललगायतका क्षेत्रलाई निसाना बनाएर कडा निगरानी बढाइरहेको छ ।


समिर गुरुङ

यसैबीच परिषदको विधानविपरित अध्यक्ष पद खाइरहेका समिर गुरुङमाथि ठमेलमा विभिन्न तरिकाबाट यौनकर्मीहरुलाई प्रश्रय दिने गरेको, डान्सबारहरुमा महंगो र मनपरी मेनु राख्न लगाएर आर्थिक लाभ लिने गरेको जस्ता संघीन आरोप लाग्दै आएको छ ।

यो दुईटा घटनाको सामिप्यता कुनै संयोगमात्रै हो ? भन्ने गम्भीर प्रश्नचिन्ह छ । पछिल्लो समय ठमेलमा खुलेआम यौन धन्दा बढ्नुका साथै लागूऔषध तथा अबैध कारोबार बढ्दै जानुको मुख्य कारण अध्यक्ष गुरुङ नै भएको उनलाई चिन्ने सबैको दाबी छ ।

परिषद्को अध्यक्ष बन्नका लागि कुनैपनि व्यवसाय सञ्चालन गर्नुपर्ने वा घरधनी हुनुपर्ने प्रावधान भएपनि गुरुङ अवैध तरिकाबाट अध्यक्षको कुर्सीमा टासिरहेका हुन् । गुरुङको ठमेलमा न कुनै व्यवसाय छ न त उनी घरधनी नै हुन् । उनले ठमेलमा विचौलिया भएर आफ्नो दालभातको जोहो गर्दै आएका छन् ।

अर्को कुरा परिषदको विधानअनुसार नयाँ कार्यसमिति चयनका लागि गत २०७५ सालको माघ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने थियो । तर, आफ्नो दालभात खोसिने डरले विभिन्न बाहानामा बाजी गरेर अहिलेसम्म टाँसिइरहेका छन् । परिषदको दुई तिहाई सदस्यहरु सिडिओ कार्यालय पुगेपछि बाध्य भएर यही जेष्ठ २५ गतेको लागि साधारण सभासँगै निर्वाचन घोषणा गरेपनि त्यसलाईसमेत टार्ने कोसिशमा उनी लागिपरेको बताइन्छ ।

यहाँभित्रको समस्या समाधानमा अभिभावकत्वको भूमिका खेल्नुपर्ने पदीय मर्यादाको खिल्ली उडाउँदै गुरुङले देखाएको विचौलिया प्रबृत्तिले ठमेलको व्यवसायी र घरधनी हैरान छन् ।

म दिपक मनांगेको मान्छे हुँ भन्दै अरुलाई तर्साउने गरेको आरोपसमेत पछिल्लो समय उनीमाथि लागेको छ । पहिले कुनै ठाउँमा दर्ता नै नभएको संस्था रात्रिकालीन व्यवसायी संघको अध्यक्ष भन्दै हिडेका उनले दरबारमार्गमा फ्युजन डान्सबार र पोखरामा भुडु क्लब खोलेपनि विभिन्न लफडा अनि काण्ड परेपछि बन्द गर्नुप¥यो ।

धेरै जसो समय ठमेलको एक होटलमा विपरित लिंगीसँग बस्ने गरेको नाम नबताउने सर्तमा उनकै निकटका एकजनाले जानकारी दिए । उनी आफैं लागुऔषध दुव्र्यसनीसमेत हुन् । अध्यक्ष भएपछि परिषदको कार्यालयलाई नै उनले आफ्नो कोठा जस्तो लुगा कपडा फेर्ने, चुरोट खाने ठाउँ बनाएका छन् ।

परिषदको आर्थिक अपारदर्शिताबारे पनि पटक–पटक संसय पैदा हुँदै आएको छ । परिषदको नाउँमा विभिन्न कार्यक्रम आयोजना गर्ने तर, त्यसको आम्दानी र खर्च व्यवस्थित रुपमा फस्र्यौट नगरी अध्यक्षले त्यहाँबाट पनि आर्थिक लाभ लिने कार्यसमितिभित्र कै पदाधिकारीहरुको आरोप छ ।

अध्यक्षले भनेको कुरा मान्नुपर्छ भन्दै धेरै जसो निर्णय एकल ढंगबाट गर्ने गरेपछि परिषदको माइन्यूटको अधिकांश निर्णयमा धेरैजसो पदाधिकारी तथा सदस्यहरुको हस्ताक्षरसमेत छैन ।

विभिन्न शक्तिकेन्द्रको हवाला दिदै उनले व्यवसायी, घरधनी तथा प्रहरी प्रशासनमाथिसमेत हप्कीदप्की गर्ने गरेका गुनासो पनि छ । त्यसोत यस्ता विविध कारण उनी पछिल्लो समय प्रहरीलेसमेत उनीमाथि निगरानी गरिरहेको बुझिन आएको छ ।

अध्यक्ष भएपछि ठमेलका लागि सिन्को नभाँचेका उनले फेरी अध्यक्ष बन्नका लागि सेल्फी खिचेर फेसबुकमा हाल्ने कामलाई तीब्र बनाएको देखिन्छ । यसरी हरेक ठाउँमा नालायकीपन प्रदर्शन गर्दै आएका उनी फेरी कुन नैतिकताले अध्यक्षको दाबी गर्दैछन् भनेर अधिकांश परिषदका कार्यसमितिभित्र र आम सदस्यहरुले प्रश्न गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com