खानेपानीको समस्या टर्ने भएपछि स्थानीयमा खुशीयाली



प्रकाशित मिति : May 21, 2019
  • सुमन कार्की

पाल्पा । खरेडी सुरु भएपछि खानेपानीको जोहोकै लागि घण्टाँै लगाएर खोला कुवा धाउनु पर्ने बाध्यतामा रहेको पाल्पा पूर्वखोला गाउँपालिका २ जल्पा साठीकोलका स्थानीय अब यो समस्या झेज्नुवाट टाढा हुने भएका छन् ।

लिफ्टिङ्ग द्धारा खानेपानीको सुरुवातहुने भएपछि यहाँका स्थानीयलाई खानेपानीको समस्या टर्ने भएको छ । वर्षौँ देखि खानेपानीको समस्या भोग्दै आएका यहाँका स्थानीयहरुमा लिफ्ट खानेपानीको उद्घाटन भएपछि खुशीयाली छाएको हो ।

विहान उठेर पानि लिन पधेरा जाने कि घर धन्दा गरेर केटा केटी स्कूल पठाउने चिन्ताले सधै पिरोलिरहेको वेला घर घरै धारो आउने भएपछि खुशी भएका छौँ एक स्थानीयले भने । कहिलेकाही त छोरा छोरीलाई पानीलिन पधेरा पठाउँदा स्कूलजानबाट समेत बञ्चित समेत भएको स्थानीयहरु भनाइरहेको छ ।

टोलका ६३ घरधुरीलाई खाने पानीको अभावले गर्दा धारामा लाईन लागेर घन्टौ कुर्नु पर्ने समस्यलाई हल गर्न यो योजना संचालन गरेको र योजनाले एक घर एक धारा को अवधारणालाई साकार पार्न मद्दत पुग्ने वडा अध्यक्ष निर बहादुर सारूले बताउनु भयो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्राविधिक शोभाकर अधिकारीले आगामी आर्थिक वर्र्षमा यो योजना समपन्न हुने बताउनु भयो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाको सहयोगमा ९० लाखको लागतमा लिफ्ट खानेपानी योजना सञ्चालन हुनलागेको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com