संसदीय समितिमा सवाल जवाफ : कुलमानले भने- भ्रष्टाचार प्रमाणित भए झुन्डिन तयार छु



प्रकाशित मिति : May 21, 2019

काठमाडौं । नेकपा सांसद अमनलाल मोदी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच संसदीय समितिमा सवाल जवाफ भएको छ। सवाल जवाफमा सांसद मोदीले कुलमानलाई लोडसेडिङको नाममा भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

समितिको बैठकमा निर्देशक घिसिङले काम गर्न नदिएको आरोप लगाएका थिए, भने सांसद समेत रहेका मोदीले मनपरी नबोल्न चेतावनी दिएपछि घिसिङले सोही जवाफ फर्काउँदै भ्रष्टाचार प्रमाणित भए झुन्डिन तयार भएको बताउनु भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणले गरेको वालिङका सवालमा छलफल गर्नको लागि ऊर्जा मन्त्रालय र प्राधिकरणको नेतृत्वलाई लेखासमितिले बोलाएको हो। तत्कालीन मन्त्री र सबैको प्रयासको कारण लोडसेडिङ अन्त्य भयो, त्यसको पुरै जस कुलमान घिसिङ जिले मात्रै लिन खोज्नु भयो छलफलको क्रममा आफ्नो मत राख्दै सांसद मोदीले आफ्नो विचार राख्दै भनेका थिए ।

लोडसेडिङ अन्त्यका नाममा प्राधिकरण नेतृत्वबाट गम्भीर नीतिगत अनियमितता भएको छ, मोदीले भने । एक वर्ष भन्दा पहिलेको मिटर बक्सको जडान गर्न नमिल्ने अवस्थामा दुईरतीन वर्षपछि गणना गर्ने नाममा प्राधिकरणले अनियमितता गर्न खोजेको आरोप मोदीले लगाएका थिए, भने त्यसको जवाफमा निर्देशक घिसिङले आफुलाई लागेको आरोप सही सावित भएमा झुण्डिएर मर्न तयार रहेको बताउनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com