पाँचथर हत्या प्रकरण : झुण्डिएको अवस्थामा फेला परेका मानबहादुरमाथि प्रहरीको शंका



प्रकाशित मिति : May 21, 2019


पाँचथर । पाँचथरमा ९ जनाको ज्यान जाने गरि भएको हत्याकाण्डमा मृतक बमबहादुर फियाकका कान्छा ज्वाइं मानबहादुर माखिमकै संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

This image has an empty alt attribute; its file name is Pachthar4-768x301.jpg

घटनास्थलभन्दा ३ घण्टाको दुरीमा पर्ने मिक्लाजुङ गाउँपालिकाकै वडा नम्बर ७ मा झुण्डिएर आत्महत्या गरेको अवस्थामा मानबहादुर फेला परेपछि उनीमाथिको आशंका थप मजबुत भएको प्रहरीले बताएको छ ।

स्थानीयका अनुसार आत्महत्या गरेका मानबहादुर माखिम र हत्या भएको परिवारका बिच विगतमा पनि झगडा हुँदै आएको थियो । माखिमको ससुराली परिवार र श्रीमतीसँग राम्रो सम्बन्ध थिएन ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेका दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी सोमबार राति विभत्स हत्या गरिएको थियो । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्न खोज्दा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी घाइते अवस्थामा उपचाररत छिन् ।

घाइते बालिका सीताका अनुसार अपराधी मुखुण्डो लगाएर आएका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com